Skip to content
LAXMI SUNRISE BANK

बोनस सेयरबापत लाग्ने कर सेयरधनीले तिर्नुनपर्ने !

अर्थ सरोकार

काठमाडौँ । बोनस सेयरमा लाग्ने कर सेयरधनीले तिर्नु नपर्ने भएको छ । ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (दशौँ संशोधन) निर्देशिका, २०८२’ जारी गर्दै धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेको हो । 

बोर्डले निर्देशिका संशोधन गर्दै ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ को दफा ४० मा उपदफा (७) थप गरेको छ  ।

थप गरिएको उक्त उपदफा अनुसार अबदेखि संगठित संस्थाहरुले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयरको कर सेयरधनीले तिर्नु नपर्ने भएको छ । अर्थात, सेयरधनीलाई वितरण गरिने बोनस सेयरको कर कम्पनी स्वयम्‌ले तिर्नेगरी व्यवस्था गर्नुपर्नेछ । 

‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरुले सेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ ।’, निर्देशिकाको दफा (४०) को उपदफा (७) मा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK