काठमाडौँ । नेपाल राष्ट्र बैंकको निर्देशन अटेर गर्दै सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को तलब बढाएको छ । बैंकले सिइओ सुन्दर प्रसाद कडेलको तलब बढाएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सिइओ कडेललाई आधारभूत तलबबापत ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ भुक्तानी गरेको थियो । जबकी बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा आधारभूत तलबबापत सिइओ कडेललाई ९९ लाख ३७ हजार ७ सय २८ रुपैयाँ भुक्तानी गरेको छ । अर्थात, बैंकले सिइओ कडेलको आधारभूत तलब नै तलब ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँ बढाएको देखिन्छ ।
त्यति मात्र होइन, बैंकले सिइओले पाउने सेवा सुविधा पनि बढाएको छ । अघिल्लो आर्थिक वर्षमा विभिन्न सेवा सुविधाबापत सिइओलाई १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ भुक्तानी गरेको सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा भने १ करोड ७३ लाख ९२ हजार ६ सय ७२ रुपैयाँ भुक्तानी गरेको बैंकको वार्षिक प्रतिवेदनमै उल्लेख गरिएको छ ।
नियामकको निर्देशनको ठाडो उल्लंघन
सिद्धार्थ बैंकले सिइओको आधारभूत तलब नै बढाउनु राष्ट्र बैंकको निर्देशनविपरीत भएको स्वयम् राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
राष्ट्र बैंकले २०७९ फागुन ३ गते नै बैंक तथा वित्तीय संस्थालाई सिइओको तलब भत्ता र सेवा सुविधा वृद्धि नगर्न निर्देशन दिएको थियो । बैंक तथा वित्तीय संस्थाका सिइओको तलब भत्ता तथा सेवा सुविधाहरुको पुनरावलोकन सम्बन्धमा अध्ययन भइरहेकोले सिइओको तलब भत्ता तथा सेवा सुविधा वृद्धि नगर्न राष्ट्र बैंकले निर्देशन दिइएको थियो ।
तर, राष्ट्र बैंकको उक्त निर्देशन अटेर गर्दै सिद्धार्थ बैंकले सिइओको आधारभूत तलब नै वृद्धि गरेको छ ।
राष्ट्र बैंक भन्छ- ‘कारवाही हुन्छ’
यता नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले सिद्धार्थ बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै तलब वृद्धि गरेको विषय जानकारीमा आएको र उक्त विषयमा बुझ्ने काम भइरहेको बताएका छन् ।
‘हामीकहाँ पनि निर्देशनविपरीत सिइओको तलब बढाइएको विषयको जानकारी आएको छ । थप बुझ्दैछौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती अधिकारीले भने, ‘त्यस्तो देखियो भने कानूनतः कारवाही हुन्छ ।’
यसो त यसअघि गतवर्ष राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशन अटेर गर्दै प्रमुख कार्यकारी अधिकृत (सिइओ)को तलब बढाएको भन्दै राष्ट्र बैंकले सिटिजन्स बैंकलाई कारवाही गरेको थियो । त्यसबेला राष्ट्र बैंकले बैंकका सिइओ र सञ्चालक समितिलाई सचेत गराएको थियो ।
बैंक भन्छ- ‘पहिलाकै सम्झौता तलव बढ्ने भन्ने थियो’
यता बैंकले भने पहिला नै बैंकले सीइओसँग तलव बढ्ने मिति तोकिसकेको अवस्था भएकाले आफुहरुले राष्ट्र बैंकको नियमको अटेरी नगरेको दाबी गरेको छ । बैंकका प्रमुख गुनासो सुनुवाई अधिकृत सुरेश महर्जनले बैंकका सीइओको तलव बढाउनेगरी पहिला नै सम्झौता भएकोले आफुहरुले सोहि अनुसार गरेको तर्क गरे । ‘पहिला नै सम्झौतामा यति बर्षमा यति तलव बढाउने भन्ने बुँदा उल्लेख छ । जहाँसम्म राष्ट्र बैंकको सर्कुलरको कुरा छ, त्यसमा पुनरावलोकन नगर्नु भनिएको हो, सम्झौता अनुसार नबढाउनु भनिएको होइन ।’ महर्जनले अर्थ सरोकारसँग भने, ‘हामी राष्ट्र बैंकको नीति नियम मान्ने कुरामा कुनै खालको सम्झौता गर्दैनौँ । जे गरिएको छ, नियम अनुसार नै गरेका छौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्