काठमाडौँ । चर्चित हिन्दी फिल्म ’थ्री इडियट्स’मा पिया पात्रसँग विवाह गर्न लागेका ‘सुहाग’ पात्रका बारेमा ‘र्याञ्चो’ पात्र अर्थात अमिर खानले भन्छन्, ‘पहेले इन्जिनियरिङ कि, उसके बाद एमबिए कि, और उसके बाद अमेरकामे बैंककि नोकरी कररहेँ, बैंक मे नोकरी कर्ना था तो इन्जिनियरिङ काइके लिए की ?’
यस्तै कथा पवन कुमार आचार्यको पनि छ । उनी भर्खर सानिमा बैंकको सीइओमा नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा दुई दशक भन्दा बढी बिताएका उनले पनि सुरुमा इञ्जिनियरिङ्ग पढेका थिए, त्यसपछि एमबिए गरेर बैंकको जागिर सुरु गरेका थिए ।
अझ संयोग त केसम्म छ भने, उनले इन्जिनियरिङ पनि भारतबाटै गरेका थिए भने एमबिए पनि अमेरिकाबाटै गरेका थिए । अर्थात थ्री इडियट्समा सुहाग पात्रको करियर जस्तै उनको पनि करियर लाइन मिलेपछि धेरैले उनलाई सानिमा बैंकभित्र पनि ‘हमारा सुहाग’ भनेर सहकर्मीहरुले नै जिस्काउने गरेका छन् । थ्री इडियट्स फिल्ममा यस्तै करियर लाइन हुने पात्रको नाम ’सुहाग’ छ ।
पवन आचार्यको इन्जिनियरिङ पढाई भन्दा अगाडीको पढाई पनि अब्बल नै थियो । उनी २०४४ सालमा एसएलसी बोर्ड थर्ड भएका थिए । त्यसपछि प्लस टु साइन्स पढेर उनले भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेर त्यसपछि अमेरिका गई एमबिए गरेका थिए ।
यद्यपी आचार्य फिल्मका ती पात्रजस्तो स्वभावको नभई सार्है मेहेनती, अध्यक्षसँग पनि सार्है राम्रो सम्बन्ध राख्ने, काम राम्रोसँग गर्ने र मेधावी रहेको उनका सहकर्मीहरु बताउँछन् । भलै, सीइओ हुन भने उनले अध्यक्षसँग राम्रै पहल लिएको दाबी कर्मचारीहरुको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्