Skip to content
LAXMI SUNRISE BANK

दुई बैंक राष्ट्र बैंकको कारवाहीमा

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारवाही गरेको हो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियमविपरीत काम गरेको भन्दै राष्ट्र दुवै बैंकलाई कारवाहीस्वरुप सचेत गराएको छ ।

कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्तिको खातामा कारोबार गरेको पाइएपछि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकलाई भने कर्जा वर्गीकरण नियम पालना नगरेको भन्दै कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK