×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलाई सहयोग दिने बहानामा अर्थमन्त्रीले नेशनल लाइफले दिएको ‘फर्जी चेक’ लिएर फोटो खिचे, चौतर्फी आलोचना !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारलाई सहयोग दिने बहानामा अर्थमन्त्रीले नेशनल लाइफले दिएको ‘फर्जी चेक’ लिएर फोटो खिचे, चौतर्फी आलोचना !

Artha Sarokar

१८ कार्तिक २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कारवाहीमा परेको नेशनल लाइफ इन्स्योरेन्सले अर्थमन्त्रीलाई ‘फेक चेक’ दिएर आफ्नो प्रचार प्रसार गरेको छ । कम्पनीले नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग गर्ने बहानामा अर्थमन्त्रीको हातमा फेक चेक थमाएर आफ्नो कम्पनीको प्रवर्द्धन गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक करोड रुपैयाँ लेखिएको फेक चेक अर्थमन्त्रीले ग्रहण गरेका थिए । रकम सहयोग भने कम्पनीले छुट्टै गरेको थियो ।

नेशनल लाइफ इन्स्योरेन्सका अधिकारीका अनुसार सीइओ खत्रीले आफ्नो कम्पनीको लोगो इंकित प्रचारात्मक फेक चेक अर्थमन्त्रीले बुझ्ने भए मात्र सहयोग गर्ने भनेका थिए । अर्थ मन्त्रालयका अधिकारी त्यसो गर्न तयार भएपछि सो सहयोगको एजेण्डा कम्पनीको बोर्डमा पुगेको थियो ।

यस्तो कामको अहिले सबैतिर आलोचना भईरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी