काठमाडौँ । वडा अध्यक्षलाई खुट्टा मालिस गर्न लगाउने गाउँपालिका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । मदिरा सेवन गरेर ‘झ्याप’ भएका सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले कार्यालयमै वडा अध्यक्षलाई खुट्टा मालिस गर्न लगाएका थिए ।
कार्यालयको सोफामा पल्टिएर अध्यक्षलाई खुट्टा मालिस गर्न लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल नभएको थियो ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि र चौधरीले गरेको हर्कतको चौतर्फी आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा मंगलबार बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उनले राजीनामा पत्रमा विभिन्न कारणवस पदमा निरन्तर कार्य गर्न असमर्थ भएको उल्लेख गरेका छन् । उनले कार्तिक ५ गते नै उपाध्यक्ष कल्पना चौधरीलाई राजीनामा पत्र बुझाएको खुलेको छ । उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्