काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जेन-जी प्रदर्शनका क्रममा प्रहरी वृत्त थिमीसँगै रहेको बैंकको एटिएम तोडफोड गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ घर भएर हाल भक्तपुरको थिमी बस्दै आएका २९ वर्षीय बुद्धिमान तामाङ छन् ।
अनुसन्धानका क्रममा तामाङले बैंकको एटिएम तोडफोड गरेको खुलेको छ । अनुसन्धानले भदौ २४ गते प्रहरी वृत्त थिमीमा आगजनी भएपछि उनले एटिएम तोडफोड गरेको देखाएको छ ।
हाल पक्राउ परेका तामाङमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्