काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी विवाद फेरि उत्कर्षमा पुगेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव पौडेलको नियुक्तिपछि गरिएका निर्णयलाई लिएर विवाद फेरि चुलिएको हो ।
केही दिनअघि मात्र नवनियुक्त सिइओ पौडेललाई स्वागत गरेका नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरु अहिले उनै सिइओको विरोधमा उत्रिएका छन् ।
सिइओ पौडेलले कर्मचारीलाई पेल्ने नियतले आफूखुसी निर्णय गरेको कर्मचारीको आरोप छ । यतिसम्म कि सिइओ नियुक्त भएलगत्तै पौडेलले कर्मचारीलाई सामाजिक सञ्जालमा लेख्न/बोल्न प्रतिबन्ध लगाएको नेरुडे-मिर्मिरे कर्मचारी संगठनका महासचिव महमद मकसुद अन्सारीले बताएका छन् ।
अन्सारीका अनुसार सिइओ पौडेलले लघुवित्तका शाखा कार्यालयहरुलाई परिपत्र गर्दै संस्थाको विरुद्धमा लेख्न/बोल्न प्रतिबन्ध लगाएका छन् ।
‘संस्थाको विरुद्धमा फेसबुक, ह्वाट्सएपमा केही लेख्न मिल्दैन रे । एउटा संस्थाभित्र भएको बेथितिका विषयमा बोल्नै नमिल्ने हो र ?’, अर्थ सरोकारसँग कुराकानी गर्दै अन्सारीले भने, ‘नयाँ सिइओले राम्रो गर्लान् भन्दा झन् उल्टो-उल्टो निर्णय गर्न थाले । सिइओ पूरै कर्मचारी विरोधी निस्किए ।’

संस्थाले जारी गरेको परिपत्रमा के छ ?
सिइओमा पौडेल नियुक्त भएलगत्तै लघुवित्तले ‘सामाजिक सञ्जाल प्रयोग तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिमा संस्थाका कर्मचारीले सामाजिक सञ्जालमा के गर्न मिल्ने ? के नमिल्ने ? भन्दै निर्देशन नै दिएको छ । कार्यविधिमा संस्थाका कर्मचारीलाई सामाजिक सञ्जाल (फेसबुक, म्यासेन्जर, टिकटक, ट्विटर, लिंकडिन, युट्युब, इन्स्टाग्राम, भाइबर/ह्वाट्सएप, टेलिग्राम)मा संस्थाका सहकर्मी, अधिकारी वा ग्राहकलाई लक्षित गर्दै अभद्र, आक्रमक, द्विअर्थी लाग्ने, धम्कीपूर्ण अभिव्यक्ति राख्न नपाइने उल्लेख छ ।
त्यस्तै, संस्थाको आन्तरिक समस्या, असन्तुष्टि, विवाद वा गुनासो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न नपाइने पनि कार्यविधिमा उल्लेख गरिएको छ । त्यति मात्र होइन, संस्थाको नाम, लोगो, कागजात, तस्वीर, गोप्य सूचना आदी अख्तियार प्राप्त व्यक्तिको लिखित स्वीकृति बिना प्रकाशित गर्न नपाइने पनि कार्यविधिमा भनिएको छ ।
यतिसम्म की संस्थाले कार्यविधिमार्फत कर्मचारीहरुलाई कार्यालय समयमा सामाजिक सञ्जाल नचलाउन र सामाजिक सञ्जालमा व्यक्तिगत विचार राख्दा पनि संस्थालाई नजोड्न निर्देशन दिएको छ । यस्तो छ परिपत्र:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्