काठमाडौँ । नेपाली सेयर बजारकै इतिहासमा सबैभन्दा विवादित आइपिओ, अर्थात रिलायन्स स्पिनिङ मिल्सको आइपिओ अन्तत खुलेको छ । घोटालाको गन्ध जताततै फैलिएको देखिएपछि सार्वजनिक लेखा समितिदेखि संसदसम्म प्रश्न उठेको विषय, अदालतसम्म पुगेको विषय, लगानीकर्तालाई कन्भिन्स गर्न नसकेको कम्पनीको आइपिओ, संसद नभएका बेला, कसैले प्रश्न उठाउने थलो नभएका बेला, सुटुक्क, के नियतले आयो वा ल्याइयो, यो प्रश्नको जवाफ समयले पक्कै दिनेछ । तर, आइपिओ भनेपछि जुन कम्पनीको पनि भर्ने, आइपिओ भनेपछि घाटा हुन्न भन्ने भ्रम पालेकाहरुले नबुझेका केही विषय आज हामी बुझाउने प्रयासमा छौँ ।
हुन त तपाईंको पैसा, तपाईंको मर्जी । हामीले त सचेत गराउने हो, र फेरी पनि गाराउँदैछौँ । रिलायन्स स्पिनिङ्ग मिल्स नामधारी यो कम्पनीको आइपिओ सुरुदेखि नै विवादमा छ । नियोजित रुपमै निकै महँगो मूल्यमा आइपिओ जारी गरेको, बिजुलीको बक्यौता नतिरेको, वित्तीय विवरण पनि शंकास्पद रहेको लगायतका आरोपहरुका बीच विवादैविवादका बीच आएको यो आइपिओ तपाईं पनि भर्दै हुनुहुन्छ भने यी ७ तथ्य बुझ्न जरुरी छ ।
१. यो निकै महँगो मूल्यमा आएको आइपिओ हो । ८२१ रुपैयाँ तिरेर भर्नुपर्ने यो आइपिओको मूल्य त्यसपछि कहिल्यै ८२१ रुपैयाँ नपुग्ने सम्भावना पनि छ । सुरुमा निकै चकमदार वित्तीय विवरण सार्वजनिक गरेर आइपिओ निकाल्ने, र त्यसपछि वित्तीय विवरणमा घाटा देखाउने प्रचलन अरु कम्पनीमा पनि देखिने गरेको छ ।
यो कम्पनी पनि यही लाइनमा लागेको स्वयम् कम्पनीका कर्मचारीहरुको दाबी छ । वित्तीय विवरणमा छेडखानी गरेको भन्दै यो कम्पनीका अडिटरविरुद्ध नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा समेत उजुरी परेको छ । आइक्यानले यस विषयमा आवश्यक अनुसन्धान गर्दै गरेका बेला यो कम्पनीको आइपिओ भर्नु घाटाको निर्णय हुन सक्छ ।
२. रिलायन्सको आइपिओ ताजा तथ्यांकका आधारमा पुनः मूल्यांकन गरेर मात्र गर्नु भनेर उच्च अदालत पाटनले प्रष्ट रुपमा फैसला गरेको भए पनि नियामकले त्यसो नगरेको भन्दै बजार विज्ञ डा. केशव श्रेष्ठले आपत्ति जनाएका छन् । यो प्रकरण स्वयम् अख्तियारसमेत पुगेको छ । अदालतको अपव्याख्या गरेको भन्दै थप केही मुद्दा मामिलाको झन्झटमा यो कम्पनी पर्ने सम्भावना देखिन्छ । त्यसैले पनि महँगो रकम हालेर यो कम्पनीको आइपिओ हाल्नु अगाडी सोच्न जरुरी छ । ८२१ रुपैयाँ मूल्य तोक्ने विधिको प्रक्रियामाथि नै प्रश्न उठेर अहिले यो केस अनुसन्धानकै क्रममा छ । तपाईंको पैसा पनि फस्न सक्छ ।
३. देश परिवर्तनको संघारमा छ । यो बेला सुशासनलाई साथ दिनु आम नागरिकको कर्तव्य हो । अहिले बिजुलीको बिल नतिर्ने, कुलमान घिसिङ्गको इमानलाई किन्न खोज्नेहरुको आइपिओ बहिष्कार गर्नुपर्ने आवाज लगानीकर्ताहरुले उठाईरहेका छन् । यो विवादित विषयको निक्र्योल नहुँदासम्म कतै आम नागरिकले सरकारलाई सहयोग पो गर्नुपर्छ कि ! यस विषयमा सोच्नु पो पर्छ कि ! यही कम्पनीको सेयर फेरी फेरी अहिलेको भन्दा सस्तोमा पनि किन्न पाइन्छ । यो बेला सरकारलाई सहयोग गर्ने बेला पो हो कि ! बाँकी निर्णय तपाईंको ।
४. अर्थ सरोकारले स्वयम् कम्पनीको फ्याक्ट्री भिजिट गरेको थियो । सबै फ्याक्ट्री हेरिसकेपछि हामीलाई लागेको थियो, ’यस्तो कम्पनीको सेयर ८२१ रुपैयाँमा किन हाल्ने ?’ यो प्रश्नको जवाफ स्वयम् कम्पनीसँग थिएन । आइपिओ भर्नु अघि हामीले तयार गरेको सो भिडियो पनि हेर्नुहोला ।
५. रिलायन्सको आइपिओ हिजो किन रोकियो अनि आज किन एकाएक हतारहतार अनुमति दिएर खुलाइयो त ? तपाईं सचेत नागरिकले यो विषयमा पक्कै जानकारी राख्नुभएको छ होला । सुशासनलाई प्रसय दिने कि महँगोमा आइपिओ हाल्ने रोजाई तपाईंकै । यही सेयर ८२१ रुपैयाँमा फेरी फेरी हाल्न पाइएला, तर तपाईंलाई भोलि कुनै दिन यो आइपिओ हालेकोमा ग्लानी नहोस् ।
बाँकी त, पैसा पनि तपाईंको, घाटा भए घाटा पनि तपाईंको, नाफा भए नाफा पनि तपाईंको ।








प्रतिक्रिया दिनुहोस्