काठमाडौँ । प्रभु बैंकको संचालक समितिका अध्यक्ष किशोरजंग कार्कीले आफ्ना सिनियर कर्मचारीहरुलाई बैंकका सीइओ अशोक शेरचन प्रहरीको राजनीति र आन्तरिक दाउपेचको सिकार भएको ब्रिफिङ गरेका छन् । आज बेलुकी भएको बैठकका क्रममा उनले सीइओ शेरचनले सफाई पाएर आउने विषयमा आफु विश्वस्त रहेकोसमेत बताएका छन् ।
आफ्ना सीइओसहित ३ उच्च पदस्तहरु पक्राउ परेपछि आइतबार नै बैंकको बोर्ड बैठक बसेको थियो । सो बैठकले निरज लम्साललाई सीइओ बनाएको थियो । आज सोमबार पनि बेलुकी बोर्डले सिनियर कर्मचारीहरुसँग बैठक गरेको छ । दिउँसो ३ बजे बस्ने भनिएपनि राष्ट्र बैंकले ‘अर्जेन्ट’ भन्दै बोलाएपछि कार्की राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकबाट फर्केर आएपछि भएको बैठकमा कार्कीले आफ्नो ब्रिफिङ गरेका थिए ।
‘प्रहरीमा कसलाई प्रमुख बनाउन को लागेको भन्ने विषयले पनि यो घटनालाई धेरै गिजोलेको देखियो । अशोकजीको यो प्रकरणमा कहीं कतै केहि दोष देखिन्न भन्ने कुरामा स्वयम् प्रहरीहरु पनि प्रष्ट भएको पाएको छु ।’ उनको भनाईलाई उदृत गर्दै बैठकमा सहभागी एक सिनियर कर्मचारीले भने, ‘अशोकजीहरु सफाई पाएर फर्किनुहुन्छ । ५ दिन भित्र अनुसन्धान टुंग्याउने कुरा छ ।’
उनले हाल नयाँ सीइओ भएका निरज लम्साललाई सहयोग गर्नसमेत सबैलाई आग्रह गरेका थिए । ‘सोचेअनुसार विथड्र देखिएन, यो खुसीको कुरा हो । सबै मिलेर काम गर्नुहोस् । विस्तारै सबै ठिक हुन्छ ।’ उनको भनाई उदृत गर्दै बैठकमा सहभागी कर्मचारीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्