काठमाडौँ । बेलायती पत्रिका ‘दी बैंकर’ ले विभिन्न देशका बैंकहरुले अवार्ड पाउँ भनी दिएको निवेदनका आधारमा पत्रिकाले आयोजना गर्ने कार्यक्रममा पैसा तिरेर सहभागी हुने सर्तमा दिने ‘बैंक अफ दी एअर’ अवार्ड लिने क्रममा सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले बैंकसँग कुनै साइनो नै नभएका आफ्ना छोरालाई पनि सहभागी गराएपछि उनका छोरा र उनी दुवै विवादमा तानिएका छन् ।
बर्षौं अघि अमेरिकामै सेटल भएका पोखरेलका छोराको जागिरको पोष्टिङ हाल लण्डनमा छ । बेलायतमा रहेका आफ्ना छोरालाई भेट्नु अन्यथा नभए पनि बैंककै प्रतिनिधिजसरी दी बैंकरले गरेको कार्यक्रममा लैजानु भने गलत भएको भन्दै बैंकका संचालकहरुले आपत्ति जनाएका छन् ।
पोखरेलका छोरा विषद पोखरेल पनि सो कार्यक्रममा बाबुसँगै उपस्थित भएर रक्सी चियर्स गरेको फोटो स्वयम् पोखरेलले नै सेयर गरेका छन् ।
‘बैंकको अवार्ड लिने कार्यक्रममा सीइओ र अध्यक्ष मात्र जाने हो । बैंकको स्वीकृति पनि त्यहि हो । छोरा सहभागी हुने कुरा हामीलाई बताइएको पनि थिएन, यो नैतिक कुरा पनि भएन ।’ बैंकका एक संचालकले अर्थ सरोकारसँग भने, ‘बेलायतमै रहेका आफ्ना छोरालाई भेट्न टिकट महँगो भएपछि बैंकको खर्चमा बेलायत जानकै लागि बैंक अफ दी एयरका लागि अप्लाई गरेको विषय सुनिएको थियो । सो हल्ला सत्य रहेछ कि भन्ने महसुस भयो ।’ ती संचालकले भने ।
संयोग पनि कस्तो भने, पोखरेलका छोराको जागिर लण्डन पोष्टिङ हुनु, र अवार्ड लिन पोखरेल बैंकको खर्चमा लण्डन जानु एकै पटक भएको छ ।
बैंकका संचालकका अनुसार गत बर्ष पनि महँगो शुल्क तिरेर अवार्ड ल्याएको भन्दै संचालक समितिमै बिरोध भएको थियो । अझ पछिल्लो समय कमजोर बैंकहरुले सो अवार्ड लिएपछि ‘अव यतातिर नलाग्ने’ भन्ने सहमति पनि भएको थियो । तर सीइओ पोखरेलले आफ्ना छोरा पनि भेट्न जाने र आतेजाते खर्च बैंकले नै व्यहोर्ने भएपछि सो मौकामा अवार्ड पनि लिएर आउने भन्दै सो अवार्डका लागि अप्लाई गरेका थिए ।
अन्य कुनै बैंकले अवार्डका लागि निवेदन नदिएपछि दी बैंकरले पनि सिटिजन्सलाई नै अवार्ड दिएको थियो ।
‘सिटिजन्स नबिल बैंकभन्दा राम्रो हो त ? स्ट्याण्डर्ड चार्टर्ड भन्दा राम्रो हो त ? हुनै सक्दैन । जो बैंकमा ३-३ महिना जसोमा संचालक फेरिन्छन्, संचालक नियुक्त हुन्छन्, गैरकानुनी भनेर राष्ट्र बैंकले निकालिदिन्छ, संचालकको निर्वाचन हुन सकेको छैन । त्यसको बैंक उत्कृष्ट बैंक हुन सक्छ ?’ बैंकका ती संचालकले अर्थ सरोकारसँग भने, ‘सीइओको काम अवार्ड लिन बहानामा छोरालाई भेट्न बैंकको खर्चमा बेलायत जाने कि, सेयरधनीको भलोका लागि काम गर्ने ? बैंकको एनपीएल कुन हालतमा पुगेको छ भन्ने बैंकले सोच्ने कि सस्तो प्रचारमा रमाउने ? अझ त्यसमाथि लाजै पचाएर बैंकको प्रतिनिधि जस्तो बनाएर छोरालाई लैजाने ?’
ती संचालकका अनुसार छोरालाई सो कार्यक्रममा सहभागी गराउनु भनेको पदको हदैसम्मको दुरुपयोग हो । ‘बैंकले सीइओका छोरालाई चिन्दैन । बाहिर भेट्नु फरक कुरा हो, तर बैंककै प्रतिनिधिजस्तो बनेर बैंकले अवार्ड पायो भनेर चियर्स गर्नु गलत होइन हदैसम्मको अनैतिक काम हो ।’ उनका अनुसार राष्ट्र बैंकमा यस विषयमा उजुरी गर्नेगरी स्वयम् संचालकले तयारी गरेका छन् भने बैंकर्सलाई सिटिजन्स बैंकका सीइओका छोरा आफ्ना प्रतिनिधि नभएको भन्दै इमेल पठाउने तयारी गरेका छन् ।
कुनै बेला बैंक अफ दी एयर निकै प्रतिष्ठित अवार्ड मानिन्थ्यो । तर पछिल्लो समय सार्है कमजोर बैंकहरुलाई सो अवार्ड दिन थालेपछि अन्यले सो अवार्डमा आवेदन नै दिन छाडेका छन्। सोहि अवार्ड पाएको प्रभु बैंकका सिनियर कर्मचारीहरु अहिले प्रहरी हिरासतमा छन् । ‘अव त बैंक अफ दी एयर अवार्ड पाएको भनेपछि सीआईबीले पनि शंकाको दृष्टिले हेर्ला भयो भन्ने भयो ।’
यस विषयमा बुझ्न हामीले बैंकका सीइओलाई सम्पर्कको प्रयास गर्यौँ, तर उनी सम्पर्कमा नै आएनन् ।
यता बैंकले भने सीइओले छोरा लैजाने कार्यक्रम आफुलाई थाहा नभएको बताएको छ । ‘बैंकले सीइओ र अध्यक्षलाई मात्र भ्रमण स्वीकृति गरेको हो ।’ बैंकका सूचना अधिकारी नारायण राज अधिकारीले अर्थ सरोकारसँग भने, ‘सीइओ सरका छोरा लन्डनमै काम गर्नुहुन्छ । त्यहि कार्यक्रम मिलाएर जानुभएको होला ।’
बिगत केहि समय यता बैंक आन्तरिक किचलोमा छ । बैंक सबैभन्दा बढी संचालक फेरिने बैंकका रुपमा चर्चित छ ।बैंकको संचालक समिति संचालकले सबैभन्दा बढी नोट अफ डिसेन्ट लेख्ने कुरा पनि चर्चित छ । आन्तरिक किचलोकै कारण बैंकले संचालकहरुको निर्वाचन गर्न सकेको छैन । संचालक समितिको निर्वाचनको विषयलाई लिएर अदालतमा मुद्धासमेत परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्