काठमाडौँ । ऋण असुलीबारे ऋणीसँग पछिल्लो ‘स्ट्याटस’ बुझ्न गएका ज्योति बिकास बैंकका कर्मचारीहरुलाई ऋणीसहितका केहि अराजकहरुले कालो मोसो दले, कुटपिट गरे, नानाभाती गालीगलौज गरे । त्यति मात्र होइन, सोको भिडियो बनाई सामाजिक संजालमा हालिदिए । बैंकको प्रतिनिधि बनेर ऋणी भेट्न गएका दुई मामुली कर्मचारीले हदैसम्मको अपमान भोग्नुपर्यो ।
अव प्रश्न उठ्छ, के यो क्षम्य छ ?
धेरै सोच्नैपर्दैन । अहँ !, यो क्षम्य छैन । छँदै छैन । बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ भन्ने कुरामा कसैले ‘इफ’, ‘बट’ सोच्नु हुँदैन, र मिल्दैन पनि । ऋण नतिरेपछि बैंकले आफ्नो कानुनी प्रक्रिया अगाडी बढाउँछ भन्ने कुरामा पनि कुनै शंका छैन, हुनु हुँदैन । ऋण लिएको रकम जनताकै निक्षेप हो, र बैंक बीचको संस्था हो भन्ने तथ्य नबुझ्दा कतिले यसलाई ‘ऋणीलाई धेरै प्रेसर दियो होला, बैंकरमाथि ठिकै गरे’ भनेजस्तो लज्जास्पद अभिव्यक्ति दिईरहेका छन् । तर सत्य, त्यसो होइन । उनीहरुले जो ऋण नतिरेको देखिन्छ, त्यो जनताकै डिपोजिटको ‘मिसयुज’ हो ।
अव प्रश्न उठ्छ, के बैंकहरुलेचाहिँ सबै ठिकै गरेका छन् त ?
स्थिति त्यस्तो पनि होइन । बैंकहरुले कतिपय कैफियत गरेका हुन्छन् नै । कतिपय ऋणीको हकमा ऋणको ‘ओभरसप्लाई’ भएको र केहि बैंकहरुले ठुलो मात्रामा एभरग्रिनिङ गरेको पनि सत्य हो । तर, त्यसका लागि राष्ट्र बैंक छ । नियामकले आफ्नो काम गरिरहेको छ । गलत गर्नेलाई नियामकले कारवाही गरेको छ नै । तर, जसरी ऋणीले बैंकरमाथि आक्रमण गरेका छन्, त्यो गलत छ । किनकि यो विषय ऋण असुली र ऋण तिर्ने भन्दा पनि एउटा स्वाभिमानी बैंकरको मानमर्दन भएको विषय छ ।
एउटा मामुली मान्छेले बैंकमा जागिर खाँदा सोचेको हुन्छ, ‘बैंकको जागिर प्रतिष्ठित जागिर हो । जनताको सेवा गर्ने मौका पनि हो । राम्रो इज्जत पनि छ ।’ हो, त्यहि इज्जतको विश्वासमा पूरा बैंकिङ टिकेको छ । अनि त्यहि विश्वासको आडमा पूरै बैंकिङ चलेको छ ।
जव अराजक भीडले बैंकरमाथि मानमर्दन गर्छ, त्यसले एकाधलाई मात्र पीडीत बनाउँदैन, बरु, पूरै बैंकिङलाई बर्बादीतिर ढकेल्ने दुस्साहस गर्न सक्छ । ज्योति बिकास बैंकको हकमा पनि जे भयो, त्यसले समग्र बैंकरको आत्मविश्वास घटाएको छ । सामाजिक प्रतिष्ठा नै सकिनेगरी गरिएका त्यस्ता हर्कतले समग्र बैंकिङको भविष्यमाथि नै धावा बोलेको कुरामा अव शंका गरिरहनु पर्दैन ।
अव के गर्ने त ?
कुरा प्रष्ट छ । बैंकरलाई कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, मानहानी हुनेगरी गाली गर्ने जो सुकै होस्, तिनलाई कानुनी कठघरामा उभ्याईनुपर्छ । हदैसम्मको सजाय दिनुपर्छ । होइन भने त, ऋण खायो, अनि तिर्ने बेलामा दुईचार चुल्ठे मुन्द्रेहरुलाई बटुल्ने काम हुन्छ । अनि ऋण नतिरेपछि पर्ने समस्याले बिगार्ने निक्षेपकर्ताकै पैसा हो । यसले समग्रमा नमिठो दुश्चक्रमा बैंकिङ क्षेत्र जान्छ । त्यसैले भोलि होइन, आजै, आज होइन अहिल्यै त्यस्ता कुकर्म गर्नेहरुको हातमा हतकडी लाग्नुपर्छ । अन्यथा भोलि कुन बैंकको कुन कर्मचारी कुन आत्मविश्वास लिएर काम गर्न जाला ।
बैंकभित्र पनि बेथिति नभएका होइनन् । नेपाल राष्ट्र बैंक थप बलियो बनेर अघि बढ्नु पर्ने कुरामा कुनै शंका छैन । बैंकभित्रका बेथिति कम हुनुपर्छ वा रोकिनुपर्छ भन्ने कुरामा पनि शंका छैन । तर त्यसका लागि नियामक छ, सरकार छ । सुरुमा त एक आम बैंकरले इज्जतका साथ, सुरक्षाका साथ काम गर्ने वातावरण बन्नुपर्छ । होइन, यस्तै कामले प्रसय पाउँदै जाने हो भनेचाहिँ हामी पुग्ने ठाउँ गलत छ । सरकारलाई बेलैमा चेतना भया ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्