काठमाडौँ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको क्षतिबापत परेको साढे २३ अर्ब रुपैयाँ दाबीमध्ये साढे ४ अर्ब भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हालसम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ बराबर रकम भुक्तानी भएको हो ।
बीमा प्राधिकरणका अनुसार मंसिर १७ गतेसम्म बीमा कम्पनीहरुमा कुल २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँको बीमा दाबी परेको छ ।
प्राधिकरणका अनुसार हालसम्म भुक्तानी भएको रकम कुल दाबीको करिब १८.७० प्रतिशत मात्र हो । हालसम्म बीमा कम्पनीहरुमा ३ हजार ३ सय दाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।
यसो त बीमा कम्पनीहरुले तिहारसम्म साना प्रकृतिका सबै दाबी भुक्तानी गर्ने बताएका थिए । तर, हालसम्म भने अनुसारको दाबी भुक्तानी हुन सकेको छैन । भुक्तानी ढिला हुनुमा कम्पनीको ढिलासुस्ती भन्दा पनि दाबीमा प्रक्रिया नपुग्नु मुख्य कारण रहेको बीमा कम्पनीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्