Skip to content
LAXMI SUNRISE BANK

दिल्लीमा प्रदूषणः स्कुल-कलेज बन्द, निजी अफिसमा ‘वर्क फ्रम होम’

अर्थ सरोकार

काठमाडौँ । भारतको दिल्लीमा वायु प्रदूषण भयावह बनेको छ । प्रदूषण अत्याधिक बढेपछि अहिले दिल्ली सरकारले सबै स्कुलहरु बन्द गर्ने निर्णय गरेको छ । 

त्यस्तै, दिल्ली सरकारले निजी अफिसहरुमा ‘वर्क फ्रम होम’को व्यवस्था गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीका निजी कार्यालयहरुमा अहिले ५० प्रतिशत कर्मचारीलाई अनिवार्य रुपमा ‘वर्क फ्रम होम’ गराउन भनिएको छ ।

दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्युआई) ५ सय नाघेको छ । जुन मानव स्वास्थ्यका लागि गम्भीर हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्युआई १५० भन्दा माथि हुनु अस्वस्थकर मानिन्छ । 

वायु प्रदूषण अत्याधिक हुँदा श्वासप्रश्वासमा समस्या पर्ने, हृदयघात तथा मस्तिष्कघात हुने वा पक्षघात हुने समस्या देखिन थालेपछि दिल्ली सरकारले स्कुलहरु बन्द गरेर अफिसहरुमा पनि ‘वर्क फ्रम होम’ लागू गरेको छ । यता काठमाडौँमा पनि प्रदूषण १५० नाघेको छ । अर्थात, काठमाडौँको वायु प्रदूषण पनि अस्वस्थकर अवस्थामा पुगेको छ ।

प्रदूषण बढेपछि चिकित्सकहरुले अत्यावश्यक काम बाहेकको समयमा घरबाट बाहिर ननिस्किन र निस्किनै परे मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK