काठमाडौँ । के तपाईं सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गराउँदै हुनुहुन्छ ? वा सूर्यज्योतिमा बीमा गराउने भनेर कसैले फर्म भर्न भनिरहेको त छैन ? छ भने अव तपाईं सचेत हुनुपर्ने बेला भएको छ । १२ कक्षा पनि पास नगरेका, बीमाको लाइसेन्स नै नभएका, लाइसेन्स लिन योग्यता पनि नपुगेका नक्कली अभिकर्ताहरुले तपाईंलाई बीमा गराउन भनिरहेका हुन सक्छन् । अरुका नाममा रहेको लाइसेन्स प्रयोग गरेर यसरी बीमा गराउँदा बिमितलाई हुन सक्ने सम्भावित हानी बग्रेल्ती छन् । लाइसेन्स नै नभई बीमा गराउन पाइने भए त, बीमा प्राधिकरणले किन लाइसेन्स बाँड्थ्यो होला र, होइन र ? तर सूर्यज्योति लाइफ इन्स्योरेन्समा भने यसरी नक्कली अभिकर्ताले अरुको नाममा बीमा गराइदिने गरेको तथ्य आज हामी तपाईंलाई देखाउँदैछौँ । अझ, अचम्मको कुरा त यस्ता नक्कली अभिकर्ताहरुलाई स्वयम् कम्पनीले सम्मान दिएर जनताको आँखामा थप छारो हालिरहेको छ ।
अव यसरी नक्कली अभिकर्ता बनेर कसले बीमा गरिरहेको छ भन्ने तथ्य पुष्टि हुने गरी एउटा उदाहरण हेरौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले केही समय अघि मात्र सिमा गिरीलाई उत्कृष्ट व्यवसाय गरेको भन्दै सम्मान गर्यो । अझ उनको फोटो राखेर अगस्ट २३-२६ मा अष्ट्रेलियामा हुने एमडिआरटी सम्मेलनमा उनी सहभागी हुने आशयसहितको प्रचारप्रसारसमेत गरियो । तर कम्पनीले यति धेरै प्रचार गरेकी गिरीसँग न बीमा गराउने लाइसेन्स छ, न कानुन अनुसार उनले बीमा गराइदिन्छ मिल्छ ।
बीमा प्राधिकरणको प्रचलित व्यवस्था अनुसार बीमा अभिकर्ता बन्न १२ कक्षा पास हुनुपर्छ । तर उनीसँग त्यो शैक्षिक योग्यता नै छैन । आफ्नो योग्यता नभएपछि उनले अरुका नाममा ’डमी कोड’ प्रयोग गरेर बीमा गराइरहेकी छिन् । यो कुरा कसैले लगाएको आरोप होइन, उनले नै स्वीकारेको बदमासी हो । यो सुन्नुहोस् ।
सुन्नुभयो होइन ? सूर्यज्योतिले सम्मानसमेत गरेकी सिमा गिरीसँग न बीमाको लाइसेन्स छ, न लाइसेन्स लिने योग्यता पुग्छ । तर, अरुका नामको लाइसेन्स प्रयोग गरेर उनी फेक अभिकर्ता बनेर बीमा गराउन हिँडिरहेकी छिन् । अलि बाठोले त बीमाको लाइसेन्स मागिहाल्छन्, त्यसैले उनी सोझासाझाहरुलाई बटुलेर अहिले बीमा गराइरहेकी छिन् ।
गिरी स्वयम् भनिरहेकी छिन्, म सँग लाइसेन्स पनि छैन, लाइसेन्स लिन योग्यता पनि छैन । तर बीमाचाहिं गरिरहेको छु । अनि यस्ता फेक अभिकर्तालाई कारवाही गरेर कम्पनीले हदैसम्मको कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा कम्पनीले त उल्टै उनलाई सम्मान दिइरहेको छ । अनि यस्तो काम भइरहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स ठिकठाक चलिरहेको छ भनेर हामीले पत्याईदिनुपर्ने छ ।
सूर्यज्योतिमा सिमा गिरी त एउटी प्रतिनिधि उदाहरण मात्र हुन् । यसरी नक्कली अभिकर्ता बनेर बीमा गराउनेहरु त कति छन् कति । अरुको डमी कोड प्रयोग गरेर गैरकानुनी रुपमा स्टाफले नै बीमा गराइदिने गरेका छन् । स्वयम् बीमा प्राधिकरणले कैफियत भनेकाहरु जागिर खाईरहेका छन् । अनि सूर्यज्योतिले बीमा दाबी भुक्तानी दिएन भनेर बीमितहरु बीमा प्राधिकरण र अदालत धाईरहेका छन् ।
तर यति हुँदा पनि सूर्यज्योति लाइफ सुध्रिने छाँट छैन । बरु कम्पनीले सूचना अधिकारीलाई हाम्रा हर्कतहरु बाहिर ल्याउने मिडियासँग नबोल्न भनेर अर्हाएका छन् । त्यहि भएर नै सूचना अधिकारी उमेश प्रसाद मैनाली फोन उठाउँदैनन् । यो समाचार तयार गर्दासमेत हामीले फोन गरेका थियौँ, उनले उठाएनन् । बरु, सूर्यज्योतिका हर्कत बारे आएका समाचारका तल आफ्नो कर्तुत छोप्ने दुष्प्रयासमा मिडियालाई नै गाली गर्न उसका साइबर सेना तैनाथ छन् । यो समाचारको तल पनि यसो नियाल्नुस त, उनीहरु देखिन सक्छन्, तिनीहरुसँग पनि होसियार हुनुहोला ।
यतिमात्र होइन, सूर्य ज्योति लाइफ इन्स्योरेन्सका यस्तै नक्कली अभिकर्ताहरुले बीमा गरिसकेकाहरुलाई सो बीमा सरेण्डर गराएर अर्को बीमा गराएकोसमेत पाइएको छ । भएको बीमा सरेण्डर गराईएको छ । अनि त्यहि व्यक्तिका नाममा अर्को बीमा गराइएको छ । हदैसम्मको मनपरी हुँदा पनि बिमितले थाहा पाउने स्थिति छैन । सम्मानको लोभमा बीमितमाथि थप अन्याय भएको छ ।
सूर्यज्योतिलाई जाँदाजाँदै एउटा सुझाव छ । कि सुध्रनुस, सुध्रने फुर्सद नभए हाम्रा महानायक राजेश हमालको फोटो राखेर बीमितलाई भ्रमित पार्ने खेती बन्द गर्नुस् । सुध्रानै नसक्ने हो भने सहि सोचौँ सहि रोजौँ, भन्ने आफ्नो स्लोगनलाई परिवर्तन गरेर ’बिना लाइसेन्स पनि गर्न मिल्छ बीमा, हाजिर छिन् हाम्री सूर्यज्योतिकी सिमा’ भनेर राखिदिनुस । तर, बीमाका नाममा भईरहेका यस्ता मनपरी धन्दा बन्द गर्नुस् । किनकि अब फलानो नेताको भनसुन गरेर बीमा प्राधिकरणमा सबै मिलाउँछु भन्ने दिन जाँदैछन् । रवि र बालेन एक भएको खबर त पढिएकै होला नि ! सूर्यज्योतिका हाकिम सापहरुलाई चेतना भया । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्