काठमाडौँ । सुरुमा तपाईंलाई एउटा प्रश्न, मानौँ राम बहादुरले परीक्षा दिएर रिजल्टमा फर्स्ट भयो । तर, कलेजले राम होइन रामकी श्रीमतीलाई फर्स्ट भएकोमा बधाई दियो । अनि रामकी श्रीमतीले पनि, म त फर्स्ट भएछु, खुसी लाग्यो, सबैलाई धन्यवाद छ भनेर कलेजले पोष्ट गरेको पोस्टरलाई सेयर गरिन् । सबैले रामलाई रामकी श्रीमतीलाई बधाई दिए । अव भन्नुस्, के रामकी श्रीमतीले सही गरिन् त ? के यस्तो गर्न पाइन्छ त ? अहँ ! पाइन्न । मिल्दैन । मिल्दै मिल्दैन ।
कि मिल्छ ? फेरी सोच्नुस् त ! अहँ मिल्दै मिल्दैन ।
हो, कुनै एंगलबाट हेर्दा पनि नमिल्ने यो काम सूर्यज्योति लाइफ इन्स्योरेन्समा भने मिल्दो रहेछ । कम्पनीले कार्तिक महिनाका लागि स्टार अफ द मन्थ भनेर लक्ष्मी कुँवरलाई बधाई दिँदै फेसबुकमा पोष्ट गर्यो । तर उनी कार्तिक महिनाभर सूर्यज्योति होइन, सिटिजन लाइफकी अभिकर्ता थिइन् । अनि आफू अभिकर्ता नै नभएको कम्पनीमा धनगढी ब्रान्चबाट भन्दै कसरी स्टार भइन् त लक्ष्मी कुँवर ? यो प्रश्नको जवाफ, न लक्ष्मीसँग छ, न कम्पनीका प्रदेश प्रमुखसँग छ, न कम्पनीसँग छ । लक्ष्मी भन्छिन्, बुढाको नाममा बीमा गरेँ, अनि कम्पनीले स्टार बनाइदियो । अनि लाइसेन्स छ त ? भनेर प्रश्न गर्दा उनी नै भन्छिन्, ’मेरो त सूर्यज्योतिको छैन, बुढाको छ ।’ अनि जसको कोडमा एउटा पनि बीमा छैन, जो सँग कम्पनीको अभिकर्ताको लाइसेन्स नै छैन । त्यो कसरी स्टार भयो त ? लक्ष्मी भन्छिन्- ‘सूर्यज्योतिमा यस्तो हुन्छ, यस्तो मिल्छ ।’
मिल्दै नमिल्ने कुरालाई लक्ष्मी कुँवरले जति मिल्छ भने पनि, लाइसेन्स नै नभएकी व्यक्तिलाई स्टार अभिकर्ता भन्दा एक त सुन्दै हाँसो उठ्दो भयो, अर्को कम्पनीमा राम्रा काम गरिरहेकाहरुको अपमान भयो । स्वयम् सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख मोहन पुरी यस्तो गर्न मिल्दैन भन्छन् । उनका अनुसार लक्ष्मी कुँवरले कार्तिक महिनाभर सूर्यज्योतिमा बीमा गरेकै छैनन् । कारण, उनी सूर्यज्योतिको अभिकर्ता नै होइनन् । अनि कसरी कम्पनीले स्टार भनिदियो त । कुन्नि, यो प्रश्नको जवाफ स्वयम् पुरीसँग पनि छैन ।
बीमा प्राधिकरणको प्रचलित व्यवस्था अनुसार बीमा गराइदिने व्यक्तिसँग सम्बन्धित कम्पनीको अभिकर्ता भएको लाइसेन्स हुनुपर्छ । तर यहाँ त, कोही बुढाका नाममा, कोही बुढीका नाममा, कोही स्टाफ भएर अरुका नाममा, कोही भान्जाका नाममा, कोही सालीका नाममा, कोही दिलवालीका नाममा बीमा गराइरहेका छन् । सूर्यज्योतिमा यस्ता हुने नहुने काम हुन्छन् भन्ने कुरा अव नौलो रहेन । तर, अर्कै कम्पनीको अभिकर्तालाई आफ्नो भनिदिइहाल्न त मिलेन नि, त्यसमाथि आफ्नो स्टार नै भन्न त मिलेन नि, मिल्यो र ?
हुन त सूर्यज्योतिमा यस्ता अनेक काम हुनु नौलो र अनौठो भने होइन । तर अभिकर्ता नै डिमोटीभेट हुनेगरी गरिएका यस्ता कामले सूर्यज्योति नै बदनाम हुने हो । अलिअलि बाँकी रहेको शाख पनि यसरी नै पखालिने हो भने, के नै बाँकी रहला र सूर्यज्योतिमा, होइन र ?
अनि साँच्चै, के तपाईं सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गर्दै हुनुहुन्छ ? वा सूर्यज्योतिको अभिकर्ता हुँ भन्दै कसैले बीमा गराइदिन भनिरहेको छ । यदी छ भने अव तपाईंले तिनीहरुलाई लाइसेन्स देखाउनुस भन्नुपर्ने बेला भएको छ ।किनकी अर्काको कोड प्रयोग गरेर गरिने बीमाका कारण पछि धेरै खालका झमेला हुन सक्छन् । यो त बिग मार्टमा सामान किनेर भाटभटेनीको फर्जी बिल जस्तै हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सका थप गैरकानुनी धन्दा बारे हामी अर्को अंकमा थप बोल्नेछौँ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्