काठमाडौँ । बढनु पर्ने सेयर बजार घट्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले आफनो मौद्रिक नीतिलाई निरन्तर लचिलो बनाउँदै लैजाँदा पनि बजार बढ्न सकेको छैन । अहिले बजार झर्दा झर्दा सेयर बजार परिसुचक २,५८१ अंकको बिन्दुमा आइपुगेको छ ।
नयाँ गर्भनरमा प्रा.डा विश्व पौडेल आइसकेपछि सेयर बजार लगानीकर्ताका धेरै मागहरु पुरा गरिएका थिए । नीतिगत रुपमा अहिले सेयर बजारलाई बाधा-ब्यवधानहरु छैनन् । बैंक तथा वित्तिय संस्थाहरुको ‘ब्यालेनसिट’ पनि अघिल्लो आर्थिक वर्ष भन्दा सुधारिँदै गएका हुन् । अघिल्लो आर्थिक वर्षमा ब्याज तथा किस्ता रकम नउठ्ने समस्याले बैंकहरु आक्रान्त थिए । खराब कर्जा बढेको थियो । त्यसमा पनि गत आर्थिक वर्षदेखि सुधार देखिन थालेको हो । फलस्वरुप पनि यस वर्ष बैंकहरुले थोरै भएपनि लाभांश घोषणा गरिरहेका छन् ।
लाइफ इन्स्योरेन्स कम्पनीहरुले त यस वर्ष आर्कषक लाभांश घोषणा गरिरहेका छन् । लघुवित्त कम्पनीहरुले पनि राम्रै हिसावको लाभाशं घोषणा गरिरहेका छन् । उर्जा कम्पनीहरुमा त्यति चार्मिङ नदेखिए पनि होटल तथा अन्य क्षेत्रहरुको पनि अवस्था त्यति नराम्रो होइन । यद्यपी उर्जा क्षेत्र देशले आश गरेको सम्बृद्धिको आधारशिला हो । यस क्षेत्र आजभन्दा १० बर्ष अघिसम्म एक दर्जनभन्दा बढी नेप्सेमा सुचिकृत थिएनन् । आज ९७ वटा जलविधुत कम्पनी नेपाल स्टक एक्चेन्जमा सुचिकृत छन् । देशले विधुत निर्यात बढाउँदै लगेको छ । कम्पनीहरुले निर्माणको चरणमा ऋणपान गरेरै विद्युत उत्पादन गृह बनाएकाले सोको भारले भनेजस्तो लाभांश दिन सक्ने अवस्थामा पुगिसेका छैनन् ।
तर हालैको जेन-जी आन्दोलन पछि होटल पर्यटन क्षेत्रमा जेनजी विद्रोहको नकारात्मक असर परेको हो । तरपनि पर्यटन आगमन बढ्न थालेकै छ । र, पनि अर्थतन्त्रको ऐनाको रुपमा हेरिने सेयर बजारको प्रतिबिम्ब अध्यारो छ । सेयर बजार दिनहुँ जसो ओरालो मात्र लागि रहेको छ । आखिर किन त ? के कारण घटिरहेको छ त सेयर बजार ? त्यसलाई केलाउने प्रयासमा आलेख केन्द्रित छ ।
पुराना दलहरुको अति राजनीति
वास्तम्बमा जेन-जी आन्दोलन पछि सेयर बजारको नुर गिरेको हो । त्यसअघि २९ सय अंक नजिक पुगिसकेको सेयर बजार परिसुचक हठा्त भएको जेन-जी आन्दोलन र त्यसपछिको परिस्थीतिले उच्च अंकले घटेको हो । राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष ०८२–८३ को लागि मौद्रिक नीति मार्फत सेयर बजारलाई जब प्रोत्सहनकारी नीति ल्यायो । त्यहि ताका नै आन्दोलन सुरु भयो । फलस्वरुप बजारले अहिलेको परिस्थीति भोगिरहेको छ ।
जेन-जी आन्दोलन भएको १०० दिन वितिसकेको छ । चुनाब गराउन गठित अन्तरिम सरकारले हनिमुन अवधि पार गरिसकेको छ । तर चुनाब हुनेमा शंसय उत्तिकै कायम छ । किनकी ठुला भनिएका काँङग्रेस र एमाले जस्ता दलहरुको अति राजनीतिले चुनाबी वातावरण बन्न सकेको छैन । उनीहरु भन्नलाई चुनाबाट भाग्दैनौ भनिरहेका छन् । निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सुचि दर्ता पनि गरिरहेका छन् । तर उनीहरुको मुल ध्येय सर्वोच्च अदालतबाट संसद पुर्नरस्थापना गर्ने कसरतमा छ । उनीहरुले जेनजी विद्रोहलाई विद्रोह नै मानिरहेका छैन । त्यो आन्दोलनलाई आन्दोलन नै मानिरहेका छैनन् । फगत २४ गतेको घटनालाई फलाकिरहेका छन् । २३ गतेको घटना र त्यसको जिम्मेवारी उनीहरुले शक्ता संञ्चालकको हिसावले लिनै मानिरहेका छैन ।
त्यसकारण जेन-जी आन्दोलन पछि पनि कांग्रेस एमालेको परिवर्तन नभएको सोच, अति राजनीतिले सेयर बजारका लगानीकर्तालाई अन्यौल बनाएको छ । उनीहरु निर्वाचन भएर देशमा स्थीरता र शान्तिपुर्ण ब्यवसायिक वातावरण आउनेमा ठुक्क हुन सकेका छैनन् । बरु आगामी दिनहरु झन् बढी संकटपुर्ण पो हुने होकि भन्ने ठानिरहेका छन् । त्यसकारण लगानीकर्ता त्रसित छन् ।अन्यौलग्रस्थ छन् । त्यसमाथी जेनजी आन्दोलन ताका शक्ताको बागडोर सम्हालेका, आन्दोलनको उत्र्कषमा डरत्रासले ज्यान जोगाउन हेलिकप्टर चढेर भागेकाहरुकोे नै स्वोर ठुलो हुँदै आएको छ । उनीहरु नै पार्टीमा झन् शक्तिशाली भएका छन् । अनि त सेयर लगानीकर्ताले आगामी दिन झन् संकटपुर्ण हुने ठान्ने नै भए ।
कांग्रेस सभापति शेरबहादुर देउवा जेनजी आन्दोलन पछि विछिप्त भएर पार्टीमा कार्यवाहक जिम्मेवारी पुर्णबहादुर खड्कालाई दिएका हुन् । अहिले त उनै सक्रिय हुँदै आएका छन् । कार्यबाहक दिएर करिव राजनीतिबाट विदा लिएझै गरेर सिंगापुर उपचारमा गएका देउवा फर्किसकेका छन् । सो पार्टीले महाधिबेशनसम्म गर्न सकेको छैन । बरु जेनजी आन्दोलन ताका शक्ता साझेदार दल एमालेसँग मिलेर काँङग्रेस पनि संसद पुर्नरस्थापनाका लागि दौडिरहेको छ । बहुमत र्पुवसासंदहरुको हस्ताक्षर गराएर सार्वेच्चमा पुरक रिट लैजाँदै छन् । अर्थात जेनजी आन्दोलनले जस–जसलाई आउट भनेको थियो, उनीहरु नै इन भइरहेका छन् । तिनै बुढा पुराना र सदिऔंदेखि शक्ताको तालाचाबी लिएर बसेकाहरु हावी भएछि नयाँ भनिएकाहरु रुष्ट छन् । एकथरी फागुन २१मै चुनाब चाहन्छन् अर्काथरी संसद पुर्नरस्थापना गरेर पुरानो विरासद फर्काउन चाहन्छन् । यही घम्साघम्सीमा ब्यवसायिक क्षेत्र परेको छ । चन्दा आतंक, डरत्रास र धम्कीहरु बढीरहेका छन् । यस्तो अवस्थामा शेयर बजारको नुर गिर्नु स्वभाविक हो ।
बढ्दो अराजकता
पुराना राजनीतिक दलहरुको अति–राजनीति त भयो नै । नयाँ कतिपयहरुबाट अराजकता पनि बढी रहेको देखिन्छ । जस्तो एकातिर निर्वाचन घोषणा भएको छ भने अर्कोतिर सडकमा दिनहुँ आन्दालन भइरहेका छन् । आन्दोलन र हडतालको धम्की बहुधुर्बबाट आइरहेका छन् । शान्ति र स्थायित्वका कुरा भन्दा देश ठप्प पार्ने कुरामा धेरैको जोड छ । जेनजी आन्दोलनकै क्रममा पनि २३ गते घट्ना भड्किएपछि २४ गते देशका धेरै संघ संस्था, नीजि क्षेत्रका उद्योग कलकारखानामा आगजानी भए । सो विद्रोहको क्रममा ८४ अर्ब हाराहारी नोक्सानी भएको आँकलन छ । तथ्याकंमा ८४ अर्ब नोक्सानी भएपनि विश्वले देखेको सो आगजानी, लुटपपाट तथा तोडफोड घटनाले देशमा ब्यवसायिक मनोवल गिराएको छ । ब्यवसायिक वातावरण खल्बलिएको छ । विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न डराउने अवस्था सिर्जना भएको छ । होटल तथा पर्यटन उद्योगहरुमा नकारात्मक असर परेको छ । उद्यम ब्यवसाय गर्न बैंकहरुमा ऋण लिन जानेहरुसम्म हच्कीएका छन् । भोली के हुने हो भनेर डराइरहेका छन् । यस्तैमा बिमा कम्पनीहरुले पनि दाबी भुक्तानी खुलेर गरिरहेका छैनन् । ब्यवसायिक माहौल भत्किएको छ । अराजकता बढेको छ । चन्दा, आतंक तथा विभिन्न नामका धाकधम्कीले व्यवसायिक जगत आक्रन्त छ । शान्ति सुरक्षाको वातावरण खलल भएको छ । लुटिएका हतियार सबै फिर्ता भएका छैनन् । भागेका कैदीबन्दी सबै समातिएका छैनन् । त्यसकारण अराजकताको अवस्था अधापी कायम छ । फलस्वरुप शेयर लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन ।
अन्त्यमा, माथी उल्लेखीत अवस्थाका विच पनि लगानीकर्ताहरुले सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने आवश्यक छ । चुनाब गर्ने वातावरण बनाउन सबैले सहयोग गर्न आवश्यक छ । सरकारलाई चुनावी वातावरण बनाउने, दलहरु चुनाबमा जाने अवस्था सिर्जना गराउन ब्यवसायीहरुको तर्फकबाट पनि पहल हुनुपर्छ । तोकिएकै समयमा चुनाब हुँदा सबै कुराको सामाधान मिल्नेछ भने चुनाब सर्यो वा नहुने अवस्था सिर्जना भयो भने त्यसको मार सबै क्षेत्रमा पर्नेछ । त्यसकारण चुनाब गराउनेमा सबैको सहयोग अपरिहार्य छ ।
–रिसव गौतमको लेख (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्