Skip to content
LAXMI SUNRISE BANK

पुष मसान्त नजिकिँदै गर्दा बजारमा ‘क्वाक अडिटर’को बिगबिगी ! खुलेआम गर्छन् ‘अडिट सेवा’को मार्केटिङ, तर छैन लाइसेन्स !

अर्थ सरोकार

काठमाडौँ । पुष मसान्त नजीकिंदै गर्दा बजारमा ‘क्वाक अडिटर’को बिगबिगी बढेको छ । लाइसेन्स नै नभएका यस्ता व्यक्तिहरु अडिट गराउँछौँ भन्दै प्रचारप्रसार गर्ने, आफु काम लिने र अरुलाई सहि गर्न लगाएर सो वापत रकम लिने गरिरहेका छन् ।

आइक्यानको प्रचलित व्यवस्थाले यस्तो कामलाई गैरकानुनी भन्छ । आइक्यानको लाइसेन्स नै नपाएकाले अडिट गर्न नै पाउँदैनन् । तर, सोझा क्लाइण्टहरुलाई यस विषयमा थाहा नै हुँदैन । यहि सोझोपनको फाइदा उठाउँदै लाइसेन्स नै नभएकाहरुले यो सेवा अरुको नाममा दिईरहेका छन् ।

अर्कोतर्फ अडिट सेवाको विज्ञापन गर्न पाइन्न । यस्तो गर्नेलाई सीआईबीको सहयोगमा आइक्यानले कारवाही गर्नेगरी आइक्यान र सीआईबी बीच केहि समय अगाडी सम्झौतासमेत भईसकेको छ ।

आइक्यानका अध्यक्ष निल बहादुर सारु मगर यस्तो काम गर्नेलाई कानुनी दायरामा ल्याउने बताउँछन् । ‘एक त अडिट सेवाको विज्ञापन गर्न पाइन्न । अर्कोतर्फ, लाइसेन्स नै नभएकाहरुले अडिट गर्न नै मिलेन ।’ सारुमगरले भने ।

एउटा पछिल्लो उदाहरण

कटहरियामा बस्ने सन्तोष सोनी त्यस्तै आइक्यानको लाइसेन्स नभएका व्यक्ति हुन् । उनका अनुसार उनले भारतीय बोर्डमा सिए पास केहि समय अगाडी गरेका छन् । तर उनी, खुलेआम अडिटको मार्केटिङ गर्छन् । यतिसम्मकि स्थानीय संचारमाध्यममा उनी सोको विज्ञापनसमेत हाल्छन् ।

सोनीले आफु आइक्यानको सदस्य नभएको पुष्टी गरे । ‘म आईसीएआईबाट डेढ बर्ष अघि पास भएको हो । आइक्यानको सदस्यता छैन ।’ उनले भने ।

‘अनि तपाईंले त अडिट गराउछौँ भनेर विज्ञापन नै हाल्नुभएको रहेछ, यस्तो गर्न पाईदैन भन्ने थाहा छैन ?’ हाम्रो प्रश्नमा उनले भने, ‘थाहा छ, हटाउन लगाईहालेँ ।’

यसरी लेखापरीक्षण सेवाको विज्ञापन गर्न नपाइने नियम छ । तर पछिल्लो समय, कर कार्यालय वरपर यस्ता सेवा दिने भन्दै खुलेका पसलहरु बग्रेल्ती छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK