काठमाडौँ । कसले भन्छ बालेन कसैलाई भेट्दैनन्, जनतामाझ जाँदैनन् ? यी तस्विरहरु साक्षी छन्, बालेनले जनजनलाई भेटिरहेका छन् । बाआमाको आशिर्वाद लिईरहेका छन्, बच्चा केटाकेटीलाई माया देखाईरहेका छन्, कार्यकर्ताहरुसँग सल्लाह गरिरहेका छन्, समर्थक, शुभचिन्तकको माया बटुलिरहेका छन् । कसले भन्छ बालेन जनतामा जाँदैनन् ? बालेन त जनाताको घर घर जाँदैछन्, भेट्दैछन् र सुनाउँदैछन् आफ्ना सपना र एजेण्डा ।
बालेनको क्रेज नेपालमा रेल ल्याउँछु वा घरघरमा ग्याँस पुर्याउँछु वा यस्तै अनेक सपना देखाएर आएको होइन, उनको क्रेज त मनैदेखि उनलाई आम जनताले नेता मानेर आएको हो । र त बालेनलाई भेटेर स्थानीय नेता कार्यकर्ताहरु हौसिएका छन् । झापा पूरै बालेनमय भएको छ । यहि भएर होला सायद मण्डलेहरुले साहको माहोल भाँड्ने दुष्प्रयास गरिरहेका छन् । र आज हामी जनस्तरबाटै बालेन सिटी घोषणा भएको झापामा बालेनलाई कहाँ कहाँ सहयोग हुँदै छ, र कहाँ कहाँ कसले असहयोग गर्दैछ भन्ने तथ्य बताउँदैछौँ ।
सुरुमा लागौं बालेनको पक्षमा के के भईरहेको झापामा भन्नेतर्फः
१. झापाको पक्षमा माहोल तातिएको छ । स्थिति यस्तोसम्म आएको छ कि बालेन शाह झापाबाट चुनाव लड्ने भएपछि झापाका एमाले र काँग्रेस नेताहरुले भकाभक पार्टी छाड्न थालेका छन् ।
अव बालेनको विकल्प नरहेको भन्दै उनीहरुले पुरानो पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय गरेका छन् । नेताहरु नै बालेनको पक्षमा देखिएपछि कार्यकर्ताहरुको त झनै ठुलो भीड लागेको छ, आफ्नो पार्टी छाड्ने, बालेनलाई समर्थन गर्ने ।
मंगलबारमात्रै राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडाले आफ्नो पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्। रास्टिय युवा युवा सङका उपाध्यक्ष बिजय तामाङले पनि रास्वपा प्रवेश गरेका छ्न । उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा सङ्घसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन्।
मंगलबार नै झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी पनि रास्वपा प्रवेश गरेका छन् । बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा गरेको जनाएका हुन् । बुधबार, थप अन्य नेता कार्यकर्ता बालेनको पक्षमा उभिंदैछन् ।
२. झापामा बालेनलाई स्थानीय अरु नेता कार्यकर्ताले खुलेर र लुकेरै दुवै तरिकाले साथ दिएका छन् । माहोल यस्तो बन्दैछ कि उनले अव चुनाव जित्नेमा एकदम कम शंका छ ।
३. बालेनलाई समर्थन गर्न देश विदेशबाट नेपालीहरु झापा पुगिरहेका छन् । कतिपयले कार्यालयबाट बिदा नै लिएर उनको प्रचारप्रसार गरिरहेका छन् । के युवा, के बृद्ध उनलाई समर्थन गर्नेको संख्या ठुलो छ ।
४. देशभरका अधिकांश कलाकार, नागरिक अगुवा, बुद्धिजीवी, इन्फ्ल्युएन्सरले पनि यसपटक बालेनलाई समर्थन गरेको प्रष्ट देखिन्छ । यसले पनि बालेनको माहोललाई थप तताएको छ ।
५. मुख्य कुरा भोट हो । गल्ली गल्लीबाट टोल टोलबाट बालेनलाई भोट हाल्छु भन्नेहरु दिनानुदिन बढीरहेका छन् । यसले बालेनको माहोललाई एकदम पोजेटिभ बनाएको छ ।
६. बालेनले गज्जबको टीम पाएका छन्, वा भनौं बनाएका छन् । मिडियाको टीम, राजनीतिक सल्लाहको टीम, प्रचारप्रसारको टीम सबै गज्जब बनाएका बालेनको सोहि टिमले गरेको कामले बालेनको माहोल बनाएको छ ।
अव बालेनलाई कहाँ कहाँ चुनौती छन् भन्ने पनि बुझौँः
१. बालेनले उम्मेद्वारी दिएको झापा ५ केपी ओलीको गड थियो धेरै पहिला देखि नै । त्यसैले पनि एमाले कार्यकर्ताहरुले उनलाई डिस्टर्ब गर्ने सम्भावना बढेको छ । सोमबारको कार्यक्रममा भएको धकेलाधकेल र केहि झडप त्यहि चुनौतीको संकेत हो ।
२. राजनीतिमा जे पनि हुन्छ वा गर्नुपर्छ भन्नेहरुले बालेनलाई टार्गेट बनाएका छन् । यो जोखिमका बीच चुनावी प्रचारप्रसारमा जानु बालेनको चुनौती देखिएको छ ।
३. सामाजिक संजालमा बालेनलाई गोली ठोक्नेसम्मको प्लान बनेको पाइएको छ । हुन त प्रहरीले उनीहरुलाई खोजिरहेको छ, र पनि यसले बालेनलाई सुरक्षा चुनौती छ भन्ने प्रष्ट देखिन्छ ।
४. बालेनका विपक्षमा अन्य राजनीतिक दलहरु एक हुन सक्ने, र फोहोरी राजनीतिको सिकार गर्नेगरी बालेनका विपक्षमा डिप फेक बन्न सक्ने सम्भावना पनि उतिकै छ । अन्य दलले आईटी टीमका नाममा उनी विरुद्ध डिजिटल वार गर्ने भनेर पनि केहि मान्छे र दल लागिरहेको सूचना बालेनको टिमसँग छ । यो पनि बालेनका लागि चुनौती बन्न सक्छ ।
हुन त बालेनले सबै चुनौती स्वीकार गरेर नै चुनावमा होमिएका हुन् । चुनौतीका बीचको जीतको मज्जा लिन उनले राम्रो प्लानसमेत बनाएका छन् । तर जोखिमलाई सम्हालेर अघि बढ्नु नै बालेन टिमको बुद्धिमानी हुनेछ । किनकि नेपालले एउटा कुटिल, र भिजनरी प्रधानमन्त्री खोजिरहेको छ । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्