Skip to content
LAXMI SUNRISE BANK

गगनले टिकट नदिएपछि देउवाको ३३ वर्षीय संसदीय यात्रामा ब्रेक, बदलिँदैछ काँग्रेस

अर्थ सरोकार

काठमाडौँ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।

यसो त देउवाले यसअघि निर्वाचनमा उठ्ने तयारी गरेका थिए । तर, काँग्रेस फुट्दा आफूसँग आधिकारिकता नभएपछि र काँग्रेस सभापति गगन थापाले टिकट नदिने भएपछि उनी ‘ब्याक’ हटेको बताइएको छ ।

यता देउवा समूहकै पूर्ण बहादुर खड्काले पनि चुनाव लड्ने घोषणा गरेका छन् । उनले आफू चुनाव नलड्ने बरु पार्टीलाई बलियो बनाउन प्रचार–प्रसारमा जाने बताएका थिए । तर, देउवा भने स्वास्थ्यका कारण चुनावी प्रचारमा समेत सहभागी नहुने मनस्थितिमा रहेको देउवा निकटका एक नेताले बताएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK