Skip to content
LAXMI SUNRISE BANK

एमाले प्रवेश गर्दै दीपेन्द्र अग्रवालले भने- ‘केपी ओलीकै पालामा सेयर बजारले १० हजारको इन्डेक्सको यात्रा तय गर्छ’

अर्थ सरोकार

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले केपी ओलीकै पालामा सेयर बजारले १० हजार इन्डेक्सको यात्रा तय गर्ने बताएका छन् । शनिबार एमालेको मुख्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्दै अग्रवालले यस्तो बताएका हुन् । 

‘…म यति भन्न सक्छु, उहाँकै सरकारको पालामा बजारले १० हजारको इन्डेक्सको यात्रा तय गर्नेछ ।’, अग्रवालले भने । 

अग्रवालले आफू सेयर बजारको भविष्य सुरक्षित गर्न नेकपा एमालेमा प्रवेश गरेको पनि बताएका छन् । ‘म र मसँग हजारौँ लगानीकर्ता कुनै पद वा फाइदाको लागि होइन, पूँजी बजारको भविष्य सुरक्षित गर्न नेकपा एमालेमा प्रवेश गरेका छौँ ।’, अग्रवालले भने, ‘यो राजनीतिक यात्रा मात्र होइन, आर्थिक सुधारको अभियान हो ।’

त्यस्तै, अग्रवालले नेकपा एमालेको सरकार हुँदा सेयर बजारमा लगानीकर्ताको मनोबल र भरोसा दुवै उच्च रहेको पनि बताएका छन् । उनले आफू व्यक्तिगत स्वार्थ वा व्यक्तिका लागि नभएर सेयर बजारको आत्माका लागि लडिरहेको पनि बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK