Skip to content
LAXMI SUNRISE BANK

चुनाव नजिकियो तर छैन यसपाली झन्डाको व्यापार, व्यापारी भन्छन्- ‘खासै अर्डर नै आउँदैन’ (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । पूरै देश चुनावमा होमिइसकेको छ ।

देशभर प्रचारप्रसार सुरु भइसक्दा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन । पहिलेका चुनावमा निकै व्यस्त हुने व्यवसायीहरूले ठूलो अर्डर नआएको बताएका छन् । स-सानो काममात्रै उनीहरुले पाइरहेका छन् । उनीहरुका अनुसार पहिले पहिले चुनावको एक महिना अघि नै अर्डर पुरा गर्न हम्मेहम्मे हुन्थ्यो । एकैपटक लाख-लाख पिसको अर्डर आउने गर्थ्यो । यो पटक भने धेरै चहलपहल छैन ।

निर्वाचन प्रचारप्रसारमा दलका झण्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरुको अनुमान छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK