काठमाडौँ । नेपाल रिपब्लिक मिडिया, अर्थात नेप्सेमा सूचीकृत हालसम्मको एक मात्र मिडिया कम्पनी । बजारमा यो कम्पनीको सेयर बेला बेला टक अफ दी टाउन हुनेगर्छ । ७२ घण्टे कारोबारीका लागि त यो सेयर सधैं ‘च्वाइस’कै स्क्रिप्ट हुने गरेको छ । तर सो कम्पनीको भित्री हालत भने बिजोग छ । सोचे अनुसारको व्यापार छैन, वित्तीय विवरणमा प्रष्ट चलखेल देखिन्छ । अनि, आर्थिक सङ्कट बढेपछि कर्मचारी र पत्रकारलाई गैरकानुनी रुपमा निकाल्ने काम भएको छ । यस्तो गलत काम भएको अदालत गएकाहरूको पक्षमा अदालतले आदेश दिए पनि सोको कार्यान्वयन नभएपछि कम्पनीका हाकिमविरुद्ध अदालतको अवहेलना गरेको कसुरमा कैद सजायसमेतको माग राखी नेपाल रिपब्लिक मिडियाका हाकिमहरुविरुद्ध पत्रकार गोविन्द लुइटेलले अवहेलना मुद्दा दर्ता गरेका छन् ।
कुरा गत २०८१ साल चैत्र २६ गतेको हो । ०७९ साउन २६ देखि नेपाल रिपब्लिक मिडिया लिमिटेड अन्तर्गतको नागरिक दैनिकमा संवाददाताको रुपमा नियुक्त भएका उनलाई गैरकानुनी रूपबाट अवकाश दिइयो । अवकाश रीतपूर्वक र कानुन संवत् नभएको भन्दै श्रम अदालत भक्तपुरमा सेवाबाट हटाइएको निर्णयको बदर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो । सो मुद्दा लुइटेलले जिते र ०८१ माघ २ मा श्रम अदालतले फैसला सुनाउँदै एक वर्षको सेवा सुविधा सहित सोही पदमा लुईटेललाई पुनर्बहाली गर्न आदेश दियो ।
तर उनले अदालतले भने बमोजिम र प्रचलित कानुन बमोजिम सेवा सुविधा नपाएको भन्दै उनी पुन: अदालत गएका छन् । फैसला कार्यान्वयन गराउन पटक पटकको प्रक्रिया र कोसिस पनि काम नलागेपछि अन्तत: अवहेलना मुद्दा दर्ता गरेको लुईटेलको भनाई छ ।
यसरी जनतालाई आइपिओ बेचेर सेयर बजारमा कारोबार भएको यो कम्पनीको स्थिति आइपीओ निकाल्दा बखत नै राम्रो थिएन । तर, पनि आइपिओ आयो, जनताको हातमा सेयर पर्यो । सङ्कटमा गुज्रिएको कम्पनीको सेयर सोझासाझाको हातमा महँगोमा परेका बेला अझ यो कम्पनीभित्रको आर्थिक संकटले धेरैलाई थप पिरोल्ने देखिएको छ ।
कुरा कम्पनीमा कोही एक कर्मचारीले न्याय पाउनुपर्छ भन्ने त हो नै, सँगै नेप्सेमा सूचीकृत कम्पनीमा यो हदसम्मको संकट हुँदा सेयर लगानीकर्ताले पनि सोच्ने कि भन्ने विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्