काठमाडौँ । ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका नेपाली कांग्रेसका निवर्तमान सांसद विष्णुकुमार कार्की पुनः सांसदका लागि सिफारिसमा परेका छन् । ऋण पनि नतिर्ने र धितो बेच्न खोज्दा उल्टै बैंकलाई धम्क्याउने गरेका उनलाई काँग्रेसले पुनः आशन्न निर्वाचनका लागि सिफारिस गरेको हो । कार्की २०८० पुस २० गतेदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् ।
उनले तत्कालीन एनसीसी (हालको कुमारी)बाट लिएको ५० करोड रुपैयाँ भन्दा बढी ऋण तिरेका छैनन् । नवलपरासकीमा रहेको मनोकामना इँटा उद्योग, रुपन्देहीको पर्रोरास्थित न्यू मनकामना इँटा कारखाना प्रालि, बुटवलमा रहेको रोडजिट अटो मार्ट प्रालिलगायत कम्पनीका नाममा ऋण लिएर चलाएका उनले धितो बेच्न खोज्दासमेत अवरोध पुर्याउने गरेका छन् ।
ऋण उठाउने प्रयोजनका लागि बैंकले सम्पति खरिद गर्ने ग्राहकसमेत खोजिदिँदा पनि उनका आफन्तले सो सम्पत्ति सकारे जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।
उनले आफ्नो सम्पत्ति बेच्न खोज्ने बैंकलाई स्थानीय अधिकारीको प्रयोगगरीसमेत असहयोग गर्दै आएका छन् । स्थानीय निकायमा बैंकको विभिन्न काम पर्छ । तर आफ्नो सम्पत्ति बेच्न नखोजे मात्र सहयोग गर्ने आसय पटक पटक व्यक्त गरेका उनले बैंकलाई चौतर्फी असहयोग गरिरहेका छन् ।
कार्की २०७९ को चुनावमा निर्वाचित भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्