काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठसहित ३ संचालकहरुले गैरकानुनी रुपमा सेयर कारोबार गरेको खुलासा भएको छ । प्रचलित कानुनी व्यवस्थाको धज्जी उडाउँदै कम्पनीका अध्यक्ष श्रेष्ठसँगै संचालकहरु राम प्रसाद सापकोटा र दिनेश प्रसाद श्रेष्ठले गैरकानुनी रुपमा ९२ हजार ८०० कित्ता सेयर कारोबार गरेको पाइएको हो ।
भएको के हो त ?
धितोपत्र दर्ता तथा निष्कासन नियमावली-२०७३ अनुसार सूचीकृत कम्पनीको सञ्चालकले पदमा रहुन्जेलमात्र होइन पदबाट हटेको एक वर्षसम्म पनि सो कम्पनीको खरीद बिक्री गर्न पाउँदैनन् । सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ ले पनि यस्तो कारोबारलाई गैरकानुनी भन्छ । तर हामीलाई कसले कारवाही गर्न आँट गर्न सक्छ भन्ने शैलीमा श्रेष्ठसहित ३ संचालकहरुले गैरकानुनी रुपमा सेयरको कारोबार गरेका थिए ।
२०७५ साल जेठ १३ गते कम्पनीको अध्यक्ष भएका श्रेष्ठको नाममा २०७६ सालसम्म आफ्नो नाममा ३५ हजार कित्ता सेयर थियो । २०७७ अन्तिमसम्म सो सेयर २० हजार कित्तामा झर्यो । अर्थात, उनले यो बीचमा १५ हजार कित्ता सेयर गैरकानुनी रुपमा बिक्री गरे । एक पटक यस्तो गैरकानुनी काम गरेका उनलाई कसैले पनि कानुनी कठघरामा उभ्याउने प्रयास गरेन । २०७५ असोजमा आईपीओ जारी गरेको कम्पनीमा भएको गैरकानुनी सेयर कारोबार बारे नेपाल धितोपत्र बोर्डले पनि यो विषयमा खासै चासो राखेन । त्यसपछि हौसिएका उनले संचालक पदमा रहँदै थप ५ हजार सेयर बिक्री गरे ।
कम्पनीमा श्रेष्ठ २०७५ जेठ १३ गते अध्यक्ष भएका थिए । २०७६ सालसम्म कम्पनीमा श्रेष्ठको नाममा ३५ हजार कित्ता सेयर थियो । २०७७ सम्म आइपुग्दा आफ्नो स्वामित्वमा रहेको १५ हजार कित्ता सेयर बिक्री गरेर २० हजार कित्ता मात्रै बाँकी राखेका थिए । अध्यक्ष श्रेष्ठले त्यसको एक वर्षपछि ५ हजार कित्ता सेयर पुनः बिक्री गरे । हाल उनीसँग १५ हजार कित्ता मात्रै सेयर बाँकी छ ।
अध्यक्ष श्रेष्ठसँगै कम्पनीका संचालक रामप्रसाद सापकोटाले पनि गैरकानुनी काममा हात हाले । २०७६ सालसम्म सम्म कम्पनीमा उनको नाममा ८३ हजार कित्ता सेयर थियो । २०७७ साल अन्तिमसम्ममा उनको कम्पनीमा ७४ हजार कित्ता सेयर रहेको देखिन्छ । अर्थात उनले संचालक रहँदै बीचमा ९ हजार कित्ता सेयर बेचे । गैरकानुनी रुपमा सेयर बिक्री गर्दा पनि कसैले चासो नदेखाएपछि उनले थप ५८ हजार ८०० कित्ता सेयर बिक्री गरे ।
यसरी गैरकानुनी रुपमा सेयर बेच्ने काममा कम्पनीका अर्का संचालक दिनेश प्रसाद श्रेष्ठ पनि छन् । उनीसँग २०७६ सालमा ५० हजार कित्ता सेयर थियो । उनले पदमा रहँदा नै २०७८ सालमा ५ हजार कित्ता सेयर बिक्री गरेको देखिन्छ ।
बजारमा भाउ पाएका बेला बेच्ने मौका यही हो भन्दै उनीहरुले महँगो मूल्यमा गैरकानुनी रुपमा सेयर बेचे । भरसक कसैले थाहा नै पाउँदैनन्, पाइहाले पनि केही पैसामा नियामक मिलाउँछु लाग्यो वा, नेपालको कानुन मिचे पनि हुन्छ भन्ने लाग्यो, त्यो उनीहरु नै जानुन्, तर उनीहरुले गैरकानुनी काम गर्दै गए । नियम मिचेर सेयर कारोबार हुँदै गयो । यसरी तीन जना मिलेर कम्पनीको ९२ हजार ८०० कित्ता सेयरको गैरकानुनी कारोबार भयो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ १ (क) र सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ को निर्देशन १४ को ६ ले बर्जित गरेको यस्तो कारोबार गैरकानुनी हो भन्ने जान्दा जान्दै कम्पनीको सेयर बिक्री गरिएको देखिन्छ ।
स्वयम् धितोपत्र बोर्ड यस्तो गैरकानुनी कारोबार भएमा सोको अध्ययन गरी कारवाही गर्ने बताउँछ । यसरी गैरकानुनी कारोबार गर्नेहरु यस विषयमा प्रतिक्रिया नै दिन चाहादैनन् । तर, जसले लुकाउन खोजे पनि तथ्य यही हो, उनीहरुले गलत काम गरेका छन्, र त्यसको सजायको भागिदार उनीहरु हुनैपर्छ ।
धितोपत्र ऐनको दफा १०१ मा भएको दण्ड सजाय को उपदफा ७ बमोजिम यसरी गैरकानुनी काम गर्नेहरु सजायको भागिदार हुन् । यसरी गैरकानुनी काम गर्नेहरुलाई बोर्डले २५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । यसरी जरिवानाको सजाय पाउनेहरु ऐन अनुसार अर्को १० बर्षसम्म कुनै पनि सूचीकृत कम्पनीको संचालक बन्न नपाउने व्यवस्था छ ।
स्वयम् बोर्डलाई यस्तो गैरकानुनी कारोबार भएको थाहा छ । तर माल पाएर चाल नपाएको जस्तो गरेको हो वा पावर र पैसाले पेलेर उनीहरुलाई धेरै नपेल्न भनिएको हो, सो बोर्ड नै जानोस् । तर गलत काम गर्नेहरुलाई कारवाही हुन जरुरी छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्