Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय सभा निर्वाचन: यसरी हुँदैछ मधेशमा मतदान… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा चार सिटका लागि मतदान भइरहेको छ । चार सिटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जनकपुरधाम उपमहानगरपालिका ४ महेन्द्रनारायण मिथिला संस्कृति केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

मधेस प्रदेशमा अन्य, महिला, दलित तथा अल्पसंख्यक/अपाङ्गता भएका समूह गरी चार समूहका चार सिटमा निर्वाचन हुँदैछ ।

आगामी फागुन २० गते कार्यकाल सकिन लागेका राष्ट्रियसभाका ५९ मध्ये १७ सदस्यका लागि निर्वाचन हुँदैछ राष्ट्रियसभाका रिक्त हुन लागेका पदमा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । रिक्त हुन लागेका १८ सिटमध्ये ९ सिटमा कांग्रेस, ८ सिटमा एमाले र १ सिटमा जसपाले भागबण्डा गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK