काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५.०० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सोमबारको बजारमा एसवाई प्यानलसहित श्रीनगर एग्रीटेकको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।
यता, सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्