Skip to content
LAXMI SUNRISE BANK

४२.२६ अंकले बढ्यो नेप्से, सबै सूचकमा हरियाली

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४२. २६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ११ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, १०. ७५ % एसबिएल डिबेन्चर २०८९ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK