Skip to content
LAXMI SUNRISE BANK

पेट्रोल लिएर एनआईसी एशिया बैंक पुग्ने पौडेल पक्राउ, आफ्नो पैसा पनि उठाइदिन समेत दबाब !

अर्थ सरोकार

काठमाडौँ । बोतलमा पेट्रोल लिएर एनआईसी एशिया बैंक पुग्ने व्यक्ति पक्राउ परेका छन् । बैंकको इटहरी शाखामा पेट्रोल लिएर आत्मदाहको प्रयास गर्ने लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका पौडेल बैंकको ऋणी रहेको खुलेको छ । 

सोमबार बैंकको इटहरी शाखामा पुगेका पौडेलले आफूमाथि पेट्रोल छर्किंदै आत्मदाह गर्ने प्रयास गरेका थिए । पेट्रोल छर्किएर बैंकभित्रै आत्मदाहको प्रयास गर्दै हल्ला गरेपछि बैंकमै पुगेर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

बैंक स्रोतका अनुसार पौडेल बैंकका ऋणी हुन् । तर, उनको ऋणमा कुनै पनि समस्या छैन । तर, उनको व्यक्तिगत कारोबार भएका गंगाशरण साह तेलीले बैंकबाट लिएको ऋण नतिरेपछि बैंकले उनको धितो लिलाम गर्न लागेको थियो । पौडेलले तेलीको धितो लिलाम हुन लागेको थाहा पाएपछि आफ्नो रकम पनि उठाइदिन बैंकमा दबाब दिएको बैंकका एक कर्मचारीको दाबी छ । 

ती कर्मचारीका अनुसार बैंकले व्यक्तिगत कारोबारको विषयमा केही गर्न नसक्ने जवाफ दिएपछि उनी आक्रोशित हुँदै बैंकभित्रै पेट्रोल छर्किएर आत्मदाह गर्छु भन्दै धम्की दिएका थिए । त्यसपछि पौडेललाई प्रहरीले बैंकमै पुगेर नियन्त्रणमा लिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK