Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकको संचालक समितिमा अर्याल, सिइओको मनपरी र बैंकभित्र घोटाला कम हुने सेयरधनीको विश्वास !

अर्थ सरोकार

काठमाडौँ । महालक्ष्मी विकास बैंकको संचालक समितिमा शालिकराम अर्याल नियुक्त भएका छन् । बैंकको २४औँ साधारण सभाका क्रममा भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन् । 

अर्याल बैंकिङ क्षेत्रका जानकार एवम् सेयर बजारका अध्येयता समेत हुन् । कम्प्लाइन्सलाई शिरोधारी गर्ने प्रकृतिका स्वच्छ छवि बनाएका अर्याल बैंकको सञ्चालक समितिमा पुगेसँगै बैंकका सिइओको मन पनि र बैंकभित्र हुने घोटाला कम हुने विश्वास सेयरधनीहरुले गरेका छन् । 

पछिल्लो समय बैंकमा स्वयम् कर्मचारीले नै निक्षेपकर्ताको रकम अपचलन गरेको तथ्य बाहिर आएको थियो । यस अलावा सिइओ र केही अन्य सिनियर कर्मचारीको मिलेमतोमा बैंकभित्र विभिन्न बदमासी भएका घटना पनि भएका घटना आइरहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK