Skip to content
LAXMI SUNRISE BANK

धुम्म काठमाडौँको आकाश (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका सहित देशभरको मौसम बदली भएको छ । आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात समेत भएको थियो । यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुसी हुनुका साथै दैनिक जीवन भने प्रभावित भएको छ ।

काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK