काठमाडौँ । बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो मा हेर्न सकिने भएको छ । नेपालभित्रका दर्शकहरूले यो चलचित्र रु. २२५ तिरेर हेर्न सक्नेछन् भने नेपाल बाहिर रहेका दर्शकहरूले USD १.९९ मा चलचित्रको आनन्द लिन सक्नेछन् ।
चलचित्र ‘१२ गाउँ’ एक प्राचीन थलो ‘१२ गाउँ’ मा बसोबास गर्ने जनतामाथि अत्याचार गर्ने शासकविरुद्ध उभिने एक परिवर्तनकारी योद्धाको संघर्षपूर्ण कथा हो । यस चलचित्रमा अभिनेता विराज भट्टका छोरा समीर भट्ट ‘परिवर्तनकारी योद्धा’को भूमिकामा प्रस्तुत भएका छन् । समीरको दमदार एक्सन र प्रभावशाली अभिनयले दर्शकको ध्यान तान्नेछ । यही चलचित्रमार्फत उनले नेपाली चलचित्र क्षेत्रमा अभिनय करिअरको सुरुवात गरेका हुन् । यस चलचित्रमा उनी ‘एंग्री योङ म्यान’ को विशेषतासहित प्रस्तुत गरिएका छन्, जसले एक्सन फिल्म रुचाउने दर्शकहरूलाई विशेष आकर्षण गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रमा एक्सन स्टार विराज भट्ट मुख्य भूमिकामा देखिएका छन् भने उनीसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का, सन्तोष सरकार, स्टन्ट सिल्भा, सुलेमान शंकर ‘इकु’, तारा शर्मा र रमेश खड्का लगायतका चर्चित कलाकारहरूको सशक्त अभिनय रहेको छ । यसै चलचित्रमार्फत पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सानिशा भट्टराईले पनि नेपाली चलचित्रमा डेब्यु गरेका छन्, जसले फिल्मलाई थप आकर्षक बनाएको छ ।
चलचित्रको संगीत पक्ष अर्जुन पोखरेल र नीरज सिंहले सम्हालेका छन् भने गीतमा नकाश अजीज, शाहिद मल्ल्या र संजीवनीको स्वर सुन्न सकिन्छ । कोरियोग्राफीमा रामजी लामिछाने र सुनील छेत्रीको विशेष योगदान रहेको छ। एक्सन निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन् भने छायांकन महेश पौडेल र राजु लामाले गरेका हुन् । चलचित्रका लेखक सन्तोष सरकार हुन् भने निर्देशनको जिम्मेवारी स्वयं अभिनेता विराज भट्टले सम्हालेका छन्। चलचित्रकी निर्माता सरस्वती भट्ट रहेकी छन् ।
डिशहोम गो एप नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकहरूका लागि डिजिटल मनोरञ्जनको भरपर्दो प्लेटफर्म हो । यस एपमार्फत दर्शकहरूले नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, लाइभ तथा रेकर्डेड खेलकुद, सर्ट फिल्म, नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायतका विविध मनोरञ्जनात्मक सामग्री सजिलै हेर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्