काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले पाएको जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्थामा नपुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘यो जोखिम हामीले उठाउनुपर्थ्यो । मैले भन्दा पनि तल बस्ने साथीहरू र स्टेजमा रहेका धेरै नेताहरूले ठूलो जोखिम उठाउनुभएको छ ।’, गगन थापाले भने, ‘आज हामी नेपाली काँग्रेसको विशेष महाधिवेशनको ऐतिहासिक क्षणमा छौँ । म तपाईंहरू सबैप्रति आभारी छु ।’
सभापति थापाले नेपाली काँग्रेसजस्तो गौरवशाली पार्टीको नेतृत्व सम्हाल्नु ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । ‘नेपाली काँग्रेसको सभापतिको नाम लिँदा मात्र पनि गर्वले छाती फराकिलो हुन्छ ।’, उनले भने, ‘त्यस्तो महान् पार्टीको नेतृत्व गर्ने जिम्मेवारी सानो होइन ।’
आफूले पार्टीको शान कायम राख्ने मात्र नभई काँग्रेससँग जोडिएका कार्यकर्ता र समर्थकलाई पार्टीप्रति गर्व गर्ने अवस्था बनाउने उनले बताए । साथै देशका नागरिकहरूमा ‘नेपाली काँग्रेस छ’ भन्ने भरोसा जगाउने काम काँग्रेसले फेरि गर्ने पनि थापाले दाबी गरेका छन् । ‘अब हामीले धेरै कामहरु गर्नुपर्नेछ । नेपाली काँग्रेसका बारेमा कोही साथिहरुले कृपया कसैले पनि यो कुरा नसोधिदिनु होला, नभन्दिनु होला काँग्रेस फुटेको छैन । काँग्रेस यहीँ छ ।’, उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्