Skip to content
LAXMI SUNRISE BANK

झन् उग्र हुँदै नेरुडे मिर्मिरेमा कर्मचारी आन्दोलन, भाडामा ‘बाउन्सर’ ल्याएर आन्दोलन दबाउन खोजेको आरोप !

अर्थ सरोकार

काठमाडौँ । कर्मचारीको आन्दोलन सल्टाउनुको साटो नेरुडे मिर्मिरे लघुवित्तको व्यवस्थापन पक्ष आन्दोलन दबाउनतर्फ लागेको कर्मचारीले आरोप लगाएका छन् । पुष २३ गतेदेखि आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्नुको साटो लघुवित्तका सिइओ समेतले आन्दोलन दबाउन खोजेको आन्दोलनरत कर्मचारीले आरोप लगाएका हुन् ।

अहिले लघुवित्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएको ३२ दिन पुगिसकेको छ । तर, एक महिनादेखि लगातार आन्दोलन गर्दा पनि माग सम्बोधन नभएको कर्मचारीले गुनासो गरेका छन् । 

कर्मचारीका अनुसार माग सम्बोधन गरेर समाधान खोज्नुको साटो लघुवित्त उल्टै कर्मचारी आन्दोलन दबाउन लागि परेको छ । ‘हामीले हाम्रा माग सम्बोधन होउन् भन्ने मात्र खोजेको हो । तर भएन ।’, आन्दोलनरत एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘उल्टै भाडामा बाउन्सर ल्याएर आन्दोलन दबाउन खोजिँदैछ ।’

यसो त यसअघि लघुवित्तको व्यवस्थापन पक्ष, प्रहरी र आन्दोलनरत कर्मचारीबीचको छलफलमा प्रहरीले समेत समाधान खोज्नु भन्दै फर्किएको आन्दोलनरत एक कर्मचारीले बताएका छन् । 

तर, प्रहरीले नै समाधान खोज्नु भनेपछि र प्रहरीको सहयोगमा बल प्रयोग गरेर आन्दोलन दबाउन नसकेपछि हाल लघुवित्तले जयन्ती सेक्युरिटी सर्भिस प्रालिबाट ठूलो संख्यामा सेक्युरिटी गार्ड ल्याएर बल प्रयोग गरेको कर्मचारीको आरोप छ । ‘भाडामा सेक्युरिटी गार्ड ल्याएर आन्दोलन दबाउन खोजिँदैछ ।’, एक कर्मचारीले भने, ‘कार्यालयभित्र प्रवेश गर्न समेत रोकिएको छ ।’

आन्दोलनरत कर्मचारीहरुले आफुहरुमाथि श्रम शोषण भएको, सिइओले भेदभाव गरेको, कर्मचारीका जायज माग पूरा नगरेको लगायतका कारण देखाउँदै उनीहरुले सिइओको राजिनामा समेत माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK