काठमाडौँ । कृषि विकास बैंकका अध्यक्ष डिम प्रकाश पौडेलले पदबाट तत्काल राजिनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक पहुँचका आधारमा नियुक्ति लिएकाहरुलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेपछी उनलाई पदबाट राजीनामा दिन दबाब परेको हो । पौडेल एमाले भएकै कारण बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।
एमालेको सरकार हुँदा एमालेकै कार्यकर्ता भएर एमालेकै सिफारिसमा अध्यक्ष लिएको भन्दै पौडेलको चर्को आलोचना समेत भएको थियो । तर, राजनीतिक नियुक्ती लिएकै भरमा र कसैले केहि गर्न सक्दैन भन्ने दम्भ देखाएर उनी पदमा बसिरहेका थिए । अहिले रास्वपाले राजनीतिक नियुक्ती लिएकालाई राजीनामा दिन भनेपछि उनलाई छट्पटी भएको छ ।
त्यस्तै, रास्वपाको उक्त आग्रहलाई अटेर गरेर पदमा बसिरहे अब बन्ने सरकारले पदबाटै हटाउने तयारी समेत गरेको छ । रास्वपाको यस्तो तयारीसँगै योग्यता बिनै पहुँचका आधारमा विभिन्न क्षेत्रमा नियुक्त भएका एमाले-काँग्रेसका कार्यकर्ता तरंगित भएका छन् ।
कृषि विकास बैंकमा यसअघि पनि एमालेको राम्रै हालीमुहाली थियो । स्वयम् बैंकका सीइओ पनि एमाले नेता पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । एमाले नेताकै सिफारिसमा बैंकले कतपय स्वार्थको द्वन्द हुनेगरी ऋण प्रवाहसमेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्