काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली-२ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिपक रावलले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन् ।
रावलले सार्वजनिक गरेको विवरण अनुसार उनले चुनावका लागि कुल २ लाख ३६ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् ।
जसमध्ये उनले मनोनयन दर्तामा १० हजार रुपैयाँ, सवारी साधन र इन्धन खर्चमा ५५ हजार, २६ वडामा घरदैलो (खाना र खाजा) मा ४५ हजार ५ सय, झण्डा, ब्याज, ब्यानर र स्टिकर छपाईमा ३५ हजार, मिडिया खर्चमा २५ हजार ५ सय र चुनाव अवधिभर पानी, चिया र स्टेशनरीमा २० हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।
अचम्मको कुरा उनले सार्वजनिक गरेको खर्च विवरणमा ‘थकान मेटान’ शीर्षकमा ४५ हजार ५ सय खर्च भएको देखाइएको छ । जुन रकम स्वयम सेवकलाई साँझपख मदिरा (८८४८/भोड्का/लोकल) खुवाएको भनी उल्लेख गरिएको छ ।
यस्तो विवरण सार्वजनिक गरेपछि अहिले रावलको चुनाव खर्च विवरण सामाजिक सञ्जालमा भाइरल छ । केहीले उनले जे मा खर्च भयो, त्यही देखाएर इमान्दारिता देखाएको प्रतिक्रिया दिएका छन् भने केहीले चर्चा पाउन गरेको स्टन्ट भनेका छन् । केहीले भने उक्त कार्यलाई निर्वाचन र निर्वाचन प्रणालीलाई गिज्याउने गतिविधिका रुपमा विश्लेषण गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्