काठमाडौँ । निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीलाई बिदाई गरिएको छ । चुनावका लागि भन्दै ४० दिनका लागि भर्ती गरिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई बिदाई गरिएको हो ।
निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ती गरेको थियो ।
निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएसँगै निर्वाचनकै लागि भनेर भर्ती गरिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाई गरिएको नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) अवि नारायण काफ्लेले जनाएका छन् ।
काफ्लेका अनुसार उनीहरुलाई निर्वाचनमा खटिएबापत सरकारले प्रतिव्यक्ति ३४ हजार ७ सय ७६ रुपैयाँ तलब दिएको छ । तलबबाहेक निर्वाचन प्रहरीलाई रासन र आउजाउ गर्न ८ सय ४६ रुपैयाँ पनि थप प्रदान गरिएको छ । त्यस्तै, ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च र पोसाकबापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्