काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा कर्मचारी आन्दोलन फेरि चर्किएको छ । आफ्ना मागहरु पूरा नभएको भन्दै बोर्डको कर्मचारी युनियनले पुनः आन्दोलनको घोषणा गरेको हो ।
एक विज्ञप्ति जारी गर्दै बोर्डका कर्मचारीले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम पुनः सुरु हुने जनाएको छ ।
बोर्डका कर्मचारीका अनुसार यसअघि निर्वाचनका कारण हरेक दिन १ घण्टा धर्ना र पेन डाउन कार्यक्रम स्थगित गरिएको थियो । तर, शुक्रबारदेखि पुनः १ घण्टा (१० बजेदेखि ११ बजेसम्म) धर्ना र पेन डाउन गर्ने कर्मचारी युनियनले जनाएको छ ।
उक्त एक घण्टा अवधिभर कर्मचारीहरुले कार्यालयमा उपस्थित भए पनि कामकाज भने ठप्प पार्नेछन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्