Skip to content
LAXMI SUNRISE BANK

व्यापारीले ‘खुसुखुसु’ लुकाएपछि बजारमा ग्यासको चरम अभाव, संकट टार्न सरकारले आधा सिलिन्डर बेच्दै !

अर्थ सरोकार

काठमाडौँ । सरकारले आधा सिलिन्डर मात्र ग्यास बिक्री गर्ने तयारी गरेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर अर्थात ७.१ केजी मात्र ग्यास भरेर बेच्ने तयारी गरेको हो । 

ग्यास अभावको समस्या अन्त्यका लागि आधा सिलिन्डर ग्यास बेच्ने तयारी गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एक अधिकारीले बताएका छन् ।

मन्त्रालयका ती अधिकारीका अनुसार माग अनुसार ग्यासको नियमित आपूर्ति भइरहेको छ । तर, बजारमा भने खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । त्यही कारण पनि सरकारले आधार सिलिन्डर ग्यास बिक्री गर्ने योजना बनाएको ती अधिकारीले बताएका छन् ।

हाल तयारी भए पनि औपचारिक निर्णय भने भएको छैन । मन्त्रिस्तरीय निर्णय वा नेपाल आयल निगमको सञ्चालक समितिको बैठकबाट आधा सिलिन्डर ग्यास बिक्री गर्नेबारे औपचारिक निर्णय हुनेछ ।

हाल बजारमा १४.२ केजीको सिलिन्डर पठाइँदै आएको छ भने उक्त निर्णय भए ७.१ केजी ग्यास भरेर बजारमा पठाइनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK