Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्व तनावको सिधा असर नेपालमा, पेट्रोल १५ र डिजेल १० रुपैयाँ बढ्यो, अझै बढ्ने !

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ ।

अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ ।

निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर रु ३१, डिजेलमा प्रतिलिटर रु ५४ तथा खाना पकाउने एलपि ग्यासमा रु २१६ वृद्धि गरिएको छ ।

सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर रु १८८, डिजेल रु १९६ र एलपि ग्यास प्रति सिलिन्डर रु दुई हजार १२६ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।

मध्यपूर्वमा देखिएको तनावका कारण हाल अन्तराष्ट्रिय बजारमा तेलको भाउ आकाशिएको छ । त्यही कारण अहिले विश्वभर पेट्रोलियम पदार्थको मूल्य महँगिदो छ । त्यही कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो । यो मूल्य अझै बढ्ने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK