Skip to content
LAXMI SUNRISE BANK

चितवनमा प्रचण्डले मुस्कुराउँदै भोट हाले, अब हेलिकप्टरमार्फत रुकुम जाने !

अर्थ सरोकार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गरेका छन् । फागुन २१ गते (बिहीबार) प्रचण्डले चितवनबाट मतदान गरेका हुन् ।

उनले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट अध्यक्ष दाहालले मतदान गरेका छन् । उनी रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत छन् । भोट हालेपछि उनी हेलिकप्टरमार्फत रुकुम जाने तयारीमा रहेको बताइएको छ ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो । देशभर मतदान कार्य जारी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK