Skip to content
LAXMI SUNRISE BANK

चितवन-२ मा रविको जित पक्का, काँग्रेस सिधै तेस्रो !

अर्थ सरोकार

काठमाडौँ । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित पक्का देखिएको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपाले पाएको मत र अन्य दलले पाएको मत अनुसार चितवन-२ मा रवि लामिछानेको जित पक्का देखिएको हो ।

यो समाचार तयार पार्दासम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले १ हजार १ सय ५८ मत पाएका छन् ।

त्यहीँ नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ९ सय ७ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी उम्मेदवार मिना कुमारी खरेलले ५ सय ३९ मत पाएकी छिन् । यो मत परिणाम अनुसार चितवन-२ मा काँग्रेस सिधै तेस्रो हुने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK