काठमाडौँ । पछिल्लो समय पश्चिम एशियाली राष्ट्रहरूमा युद्धका कारण विकसित भएको तनाव र पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू क्रमशः विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा नेपालमा विभिन्न प्रकारका १ लाख ४७ हजार ८ सय ६४ वटा विद्युतीय चुलो आयात भएका छन् ।
यीमध्ये सबैभन्दा बढी माग इन्डक्सन चुलोमा देखिएको छ । उक्त अवधिमा १ लाख ४ हजार ७ सय १७ वटा इन्डक्सन चुलो नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । त्यस्तै, इन्फ्रारेड चुलोको आयात पनि उल्लेख्य रहेको छ, जसअन्तर्गत ४२ हजार २ सय १८ वटा चुलो आयात गरिएको छ । इन्डक्सन र इन्फ्रारेडबाहेक अन्य प्रकारका विद्युतीय चुलो भने जम्मा ९ सय २९ वटा मात्र आयात भएका छन् ।
आर्थिक दृष्टिले हेर्दा, यी चुलो आयातका लागि ठूलो रकम विदेशिएको छ । आठ महिनाको अवधिमा आयात भएका चुलोको कुल मूल्य ३० करोड ४१ लाख १२ हजार रुपैयाँ पुगेको छ । यसमध्ये इन्डक्सन चुलोको मात्र मूल्य २२ करोड २७ लाख ४ हजार रुपैयाँ रहेको छ भने इन्फ्रारेड चुलोको मूल्य ७ करोड ६७ लाख ७ हजार रुपैयाँ छ ।
काठमाडौँको महाबौद्धमा विद्युतीय उपकरणहरुको होलसेल बिक्री गर्दै आएका किरण श्रेष्ठका अनुसार अन्य समयमा पनि यस्तो विद्युतीय चुलोको बिक्री भई रहने भए पनि अहिलेको अवस्थामा यसको बिक्री ५० देखि ७० प्रतिशत बढेको जानकारी दिए ।
हामीले पहिले पनि बिक्री गर्दै आएका हौं तर अहिले बजारमा ग्यासको अभाव हुने कुराले गर्दा होला अहिले इन्डक्सन र इन्फ्रारेड चुलोको माग बढेको उनले बताए ।
यी विद्युतीय चुलोको आयातबाट सरकारले ४ करोड ३३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको पनि विभागले जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्