Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामै १४ हजार ६ सयले बढेर २ लाख ८८ हजार ५ सय पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ हजार ६ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४१५ रुपैयाँले बढेर प्रतितोला ४९२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार ३ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४२१८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK