काठमाडौँ । एमाले नेता सूर्य बहादुर थापाले चुनावी खर्च सार्वजनिक गरेका छन् । थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
थापाले सार्वजनिक गरेको विवरण अनुसार उनले निर्वाचनमा कुल २४ लाख १० हजार ३ सय ८९ रुपैयाँ खर्च गरेका छन् ।
जसमध्ये थापाले सवारी साधन भाडामा २ लाख ९० हजार रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, उनले इन्धनमा ४५ हजार ८९ रुपैयाँ, नमुना मतपत्र छपाइमा ९५ हजार रुपैयाँ, मननेनयन दर्तामा १० हजार रुपैयाँ, वडास्तरीय कार्यक्रममा ६ लाख ४० हजार रुपैयाँ खर्च गरेका छन् ।
त्यस्तै, कार्यालय सञ्चालनमा १ लाख ३५ हजार, खाना तथा आवासमा २ लाख ५५ हजार, प्रेस तथा प्रचार पम्प्लेटमा ७५ हजार ४ सय र विविध शीर्षकमा ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।
प्युठानमा नेकपा एमालेका उम्मेदवारी दिएका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिकसँग पराजित भएका थिए । वैदिक २७ हजार ४ सय ६९ मतसहित विजयी हुँदा थापा १६ हजार ७ सय १० मतसहित तेस्रो भएका थिए भने काँग्रेसका डा. गोविन्दराज पोखरेल १८ हजार ३ सय ३८ मतसहित दोस्रो भएका थिए । थापा चुनावअघि गरिएका प्रचार शैलीका कारण चर्चामा आएका थिए । चुनावअघि उनले प्युठानमा एमालेबाहेक अर्को दललाई भोट नआउने दाबी गरेका थिए । तर, कट्टर एमाले कार्यकर्ताले पनि घण्टीमै भोट हालेपछि एमालेका गढ भनिएको प्युठानबाटै एमाले सोत्तर भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्