Skip to content
LAXMI SUNRISE BANK

‘एक्सन मन्त्री’ सुदन गुरुङले भने- ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइएको रहेछ’

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले नेपालमा हालसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । आइतबार बिहानै उनले फेसबुकमा यस्तो पोष्ट गरेका हुन् ।

‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’, गृहमन्त्री गुरुङले फेसबुकमा लेखेका छन् । 

गृहमन्त्री गुरुङको उक्त पोष्टको आशय सुरक्षाकर्मीहरुलाई विगतमा सरकारी पावरको वरिपरि राखेर काम गर्न नदिएको भन्ने आशय रहेको विश्लेषकहरुको भनाई छ । उक्त पोष्टले गुरुङले उक्त जालो तोड्न खोजेको संकेत गर्ने आंकलन गरिएको छ ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै सक्रिय गुरुङ ‘एक्सन मन्त्री’का रुपमा चिनिन्छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK