काठमाडौँ । निजामती कर्मचारीले दुर्गम क्षेत्रमा अनिवार्य काम गरेको हुनुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको निजामती सेवा विधेयकको नयाँ मस्यौदामा यस्तो उल्लेख गरिएको हो ।
कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नमान्ने गुनासो बढेपछि सरकारले निजामती कर्मचारीहरुले अनिवार्य रुपमा दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो ।
योसँगै अब निजामती कर्मचारीले दुर्गम क्षेत्र र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा अनिवार्य काम गरेको हुनुपर्नेछ । दुर्गम क्षेत्र र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पदमा काम नगर्ने कर्मचारीहरुको बढुवा नहुने भएको छ ।
त्यस्तै, निजामती कर्मचारीले आफ्नो पद, अधिकार वा जिम्मेवारी प्रयोग गर्दा व्यक्तिगत, पारिवारिक, व्यवसायिक वा आर्थिक स्वार्थसँग द्वन्द हुने वा हुन सक्ने कुनै पनि कार्यमा संलग्न हुन नपाउने भएका छन् । अर्कोतर्फ सोही मस्यौदामा सरकारले ट्रेड युनियन खारेजदेखि कर्मचारीहरु कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्