Skip to content
LAXMI SUNRISE BANK

हप्ताको दुई दिन बिदा दिन डाक्टर र नर्सहरुको माग

अर्थ सरोकार

काठमाडौँ । डाक्टर तथा नर्सहरुले हप्ताको दुई दिन बिदा पाउनुपर्ने माग गरेका छन् । सरकारले हप्ताको दुई दिन (शनिबारआइतबार) सार्वजनिक बिदा निर्णय गरे पनि आफूहरुले बिदा नपाएको भन्दै डाक्टर र नर्सहरुले हप्ताको दुई दिन बिदा पाउनुपर्ने माग गरेका हुन् । 

यसो त सरकारले इन्धन संकटलाई ध्यानमा राख्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर, हप्ताको दुई दिन सार्वजनिक बिदा हुँदा स्वास्थ्य सेवा अस्तव्यस्त हुने भन्दै गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्न प्रादेशिक तथा मातहतका अस्पतालहरुलाई निर्देशन दिएको थियो । 

सरकारले नै सार्वजनिक बिदा दिने निर्णय गर्दा स्वास्थ्य मन्त्रालयले सेवा नरोक्नू भन्ने निर्देशन दिनुलाई डाक्टर तथा नर्सहरुले राज्यको विभेदकारी निर्णय भनेका छन् । 

उनीहरुले सबै कर्मचारीलाई समान व्यवहार र सुविधा दिइनुपर्ने भन्दै सरकारले दिएको हप्ताको दुई दिन (शनिबारआइतबार) बिदा स्वास्थ्य क्षेत्रमा पनि लागू गर्न माग गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK