Skip to content
LAXMI SUNRISE BANK

डा. गुणाकर भट्टको नेतृत्वमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा बोर्डको अध्यक्ष सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन् ।

बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएसँगै रिक्त रहेको बोर्ड अध्यक्षको पदपूर्तिका लागि सरकारले अध्यक्ष सिफारिस समिति गठन गरेको हो । श्रेष्ठले नयाँ सरकारलाई सहयोग गर्ने भन्दै राजीनामा दिएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैकठले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK