काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले आफूले सार्वजनिक गरेको सम्पत्ति इमानदार मेहेनतको कमाई भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफू ‘सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको विद्यार्थी भएको र भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता भएको उल्लेख गर्दै सोही मान्यता अनुसार आफूले आफ्नो सम्पत्ति विवरण पारदर्शी बनाएको स्पष्ट पारेका छन् ।
त्यस्तै, उनले प्राविधिक रुपमा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पर्याप्त भए पनि आफूले पूर्ण पारदर्शिताको अभ्यास गर्दै बुवा, आमा तथा मामाघर पक्षसम्मको सम्पत्तिहरु खुलाएको बताएका छन् ।
यसरी आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक गरिरहँदा आफूलाई कुनै डर नभएको पनि पोखरेलले बताएका छन् । ‘…मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन् ।’, उनले लेखेका छन् ।
पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ र ७५ लाख रुपैयाँ ऋण देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्